सहबान अन्सारी/ नन्दु यादव
माघ १२, नवलपरासी
उखुकाे मूल्य घटाउने रणनीतिमा लागेका चिनीमिलहरू मध्ये नवलपरासीको गंगापुर स्थित ईन्दिरा सुगर मिल र बागमती सुगर मिल कुडिया आईतवार देखी संचालनमा आऊने भएका छन् ।
नेपाल सरकारले उखुको मुल्य रू. ५३६.५६ निर्धारण गरेपछि उद्याेगपतिहरू किसानलाइ अलमलमा पारेका थिए । उखु किसानकाे दबावका बावजुद पनि मिल मालिकहरू मुल्य घटाउने दाउमा लागेका थिए । उखु क्रसिङ समय करिब २ महिना बिती सक्दा मिल संचालनमा नआऊदाँ उखु किसानहरु मर्कामा परेका थिए ।
यसैबीच सूचना प्रकाशन गरी ईन्दिरा सुगर मिलले आईतवारदेखी मिल गेटमा उखु खरिद शुरू गर्ने जनाएकाे छ ।जिल्लामा यस बर्ष १३ हजार ५०० किसानहरुकाे खेतमा करिब १८ लाख क्विन्टल ऊखु रहेकाे अनुमान गरिएकाे छ ।
