उमेश बि.क./ नवलपरासी, २७ कात्तिक .
आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । नवलपरासी जिल्लाको विभिन्न ठाउँहरु- रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका, बर्दघाट नगरपालिका, सुनवल नगरपालिका लगाएका विभिन्न गाउँठाऊमा छठ पर्वको विशेष रौनक छ ।
धार्मीक सदभावको रुपमा स्थापित हुदै गएको छठ पर्व मधेशी समुदाय मात्र नभई पहाडी समुदाय साथै मुस्लिम,जनजाति लगायतहरुको सहभागिता रहेको र यो पर्वमा हरेक समुदायको चासो बढदै गएको हुदाँ हरेक बर्ष बृदि हुदै गएको देखिन्छ ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ ।
भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यको किरणबाट कैयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् ।
आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई छठ पर्वका लागि नवलपरासीको परासी, पटखाैलि, सरावल, गाेबरहिया, पाल्हिनन्दन, कुश्मा, महेशपुर, भुजहवा, सोमनी, प्रतापपुर, सुर्यपुरा, गुठीपरसौनी, त्रिबेणी लगायत नदी किनारमा अाज बिशेष सजावट गरिएको छ ।