उमेश बि.क, २८ कार्तिक, नवलपरासी ।
नवलपरासीमा सञ्चालनमा रहेकाे अरुणा डिस्टिलरी प्रा० लि० मा अाक्राेसित स्थानीयवासीले अाज बुधवार अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
डिस्टिलरीकाे दुर्गन्धले अाजित भएका सेराेफेराेका वासिन्दाहरूले पटक पटक चेतावनी दिंदा पनि व्यवस्थापनले सुधार नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेकाे स्थानीय भेषनारायण चाैधरीले बताए ।
अगाडि उनले भने, उद्याेगका प्रबन्धक तथा प्रशासनसंग दुर्गन्धकाे विषयलाई लिएर यस अघि बारम्बार सम्झौता भएकाे छ, तर कुनै सुधार भएन, ताकेता गर्दा समेत दुर्गन्ध व्यवस्थापन गर्न सुनुवाइ नभएको हुँदा अाज यस कम्पनीको बिरोध सहित अनिश्चितकालिन तालाबन्दी गरिएकाे हाे ।
उद्याेगले बिगतमा फलफूलको जुसको कम्पनी बनाउने भनेर जग्गा धनिहरूसंग जग्गा खरिद गरि लिएको हाे । तर डिष्टिलरी सञ्चालन गर्न थालेपछि मात्र उद्याेगले ठगी गरेकाे स्थानीयवासीले थाहा पाएका हुन् । र पनि प्रदुषण नियन्त्रण गर्नका लागि अपिल गर्दा स्थानीयवासीकाे अावाजलाइ बेवास्ता गरि उद्याेग चलाउन थालेपछि अनिश्चितकालिन तालाबन्दी गरिएको गाेइनि गाउं घर भएका आदित्य खवासले बताए । उनले अगाडि भने, अहिले शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाइमा समस्या भएको र अनेकौं रोगहरुले ग्रसित हुन परेकोले जनता अाजित भएका छन् । यसकाे दिगाे समाधान नपाएसम्म स्थानीयवासीले उद्येाग चल्न दिने छैनन् ।
जिल्लाको रामग्राम नगरपालिका १७ पट्खौलीमा रहेकाे उद्याेगमा तालाबन्दि गर्नका लागि त्यस कम्पनीकाे दुर्गन्धबाट प्रभावित भएका गाेइनी, अहिराैली, मनरी, श्रीनगर, बैकुन्ठापुर, कुनवार, तिलाैलि, पटखाैली, बासा, परासी, पिपरहिया, काेठिलहा, मगरमुडहा, पिपरा, सरावल लगायतका गाउँमा स्थानीयबासीन्दाका साथै जनता मा.बि मनरीका बिद्यार्थीहरूकाे उपस्थिती रहेकाे थियाे । विशेष प्रभावित रहेका पटखाैली तथा मनरी गाउँबासीन्दाकाे सक्रिय रहेकाे थियाे ।
भेषनारायण चौधरीकाे अध्यक्षतामा भएको अनिश्चितकालिन तालाबन्दीमा समाजसेवी सुशान्त शर्मा घिमिरे, कृपाकाैशल चौधरी, रामभवन यादव लगायतले एकै स्वरमा भने, उद्याेगले दुर्गन्धलाई नियन्त्रण नगरेसम्म अान्दाेलन तथा तालाबन्दी निरन्तर जारी रहन्छ ।
बिगत पाच बर्षदेखि सन्चालनमा रहेकाे यस उद्याेगका कारण फैलिएकाे दुर्गन्ध तथा प्रदुषित पानीले स्थानीयबासीमा रुघाखोकी, दम लगायतका राेगहरुकाे समस्या रहेकाे छ ।