पप्पु रेग्मी, बर्दघाट, २८ बैशाख ।
सौर्य बिक्रम खड्का स्मृति फाउण्डेशन काठमाडौंकाे आयोजनामा १ दिने निःशुल्क स्वास्थ्य शिविर बण्डाघाेलामा आईतवार सम्पन्न भएको छ ।
सौर्य बिक्रम खड्का स्मृति फाउण्डेशन काठमाडौंले बर्दघाट–५ बन्डाघाेलामा रहेको जितपुर प्राथामिक विद्यालय बण्डाघाेला परिसरमा आयोजना गरीएको वृहत १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हाे ।
उक्त स्वास्थ्य शिविरमा ७ सय ३५ जनाले आफ्नो स्वास्थ्य परिक्षण गराई निःशुल्क औषधी समेत प्राप्त गरेको सौर्य बिक्रम खड्का स्मृति फाउण्डेशनकी अध्यक्ष प्रतिमा सिंह खड्काले जानकारी गराउनु भयाे । आफ्नो जेष्ठ स्व. छाेरा साैर्य विक्रम खड्काकाे नामबाट २०७९ सालमा यस फाउन्डेशन स्थापना गरेर सामाजिक सेवा गर्दै आउनु भएकी खड्काले प्रत्येक बर्ष स्व. छाेरा सौर्य बिक्रम खड्काको जन्म दिनको अवसरमा यसरी सामाजिक कार्यमा लगानी गर्ने गरेको बताउनुभयाे ।
आईतवार सफलता पूर्वक सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा यस पटक पनि ७ सय ३५ जना ब्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको हुदा, याे शिविर संचालन गरेको अध्यक्ष खड्काले बताउनुभयो ।
आफ्नो जेष्ठ भान्जा सौर्य बिक्रम खड्काको १८ बर्ष कै कलिलो उमेरमा निधन भएको सम्झानामा साैर्यकाे आमा प्रतिमा सिंह खड्काले आफ्नाे जन्म स्थान (माईति घर) बण्डाघाेलामा हुर्केको स्थान भएको र आफ्नो स्व. आमा बुन्ना देवि सिंहको सम्झनामा याे निःशुल्क स्वास्थ्य शिविर याे ठाउँमा आयोजना गरीएको प्रतिमाकाे भाइ अरूण सिंहले बताउनुभयाे । यस संस्थाले यस जितपुर प्रा. वि. तहमा पढ्ने बालबालिकालाई गत वर्ष जाडो याममा न्यानाे लुगा वितरण गर्नु भएकाे स्मरण गर्दै, अहिले यस ठाउँमा पहिलो पटक भिडियो एक्सरे, ईसिजि सेवा सुगर जाच लगाएतको स्वास्थ्य सेवा याे गाउँघरमा पाउदा आफू निकै हर्षित भएको स्थानीय समाजसेवी नन्दु थारूले बताउनुभयो ।
नेपाल मेडिकल कलेज काठमाण्डाैका जनरल फिजिसियन डा. राम उदगर यादव, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. जमराहा कुस्वाहा, पाटन अस्पतालका रेडियो लोजिष्ट डा. पवन कुमार चौधरी, विर अस्पतालका जनरल फिजिसियन डा. राकेश रोशन सिंहको टोलिले यस स्वास्थ्य शिविरमा सेवा प्रवाह गर्नु भएको थियो ।
सुगर, प्रसेर, हाडजोर्नी, ईसीजी, अल्ट्रा साउण्ड सम्मको सेवा लिन आउने विरामीहरुले सौर्य बिक्रम खड्का स्मृति फाउण्डेशनले अहिले सम्मकै सबैभन्दा प्रभावकारी स्वास्थ्य सेवा निशुल्क प्रदान गरेको भन्दै, आयोजकलाई धन्यवाद दिईएकाे समाजसेवी उत्तम ध्वज के.सी.ले बताउनुभयो ।
सबै प्रकारका रोगहरुकोलागि शिविर सञ्चालन भएकै स्थानमा ल्याब सेवा सहितको सेवा रहेका कारण सेवा लिन आउनेहरु मध्ये सबै भन्दा बढी सुगर जाँच र अल्ट्रा साउण्ड गर्ने सेवाग्राहीहरुको संख्या रहेको स्थानीय समाजसेवी ईन्द्र सापकोटाले बताउनुभयो। यस शिविर संचालन गर्नमा करिब ८ लाख रूपैयाँ खर्च लाग्ने बताईएको छ ।
सिविर संचालन गर्नकालागि सूचना प्रचारप्रसार गर्न सहयोग गर्नु हुने, समाजसेवी शुष्मा सिंह, समाजसेवी रामजी लाैडारी, देवी पाैडेल, समाजसेवी नारायण अधिकारी, स्थानीय पत्रकार कृष्ण ढकाल, पप्पु रेग्मी र वि.पि.ढकाल, स्थानीय संचार गृह, विद्यालय व्यवस्थापन समिति र शिक्षक, शिक्षिका, आधारभुत स्वास्थ्य संस्था पालडाडाका स्वास्थ्यकर्मी, स्थानीय समाजसेवी लगायत सहयोग गर्नु हुने सबैलाई आयाेजक संस्थाका अध्यक्ष प्रतिमा सिंहले धन्यवाद ज्ञापन गर्नुभएकाे थियो ।















