5 C
New York
Thursday, November 20, 2025

Buy now

spot_img
spot_img

पहिरोले अवरुद्ध मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा

- Advertisement -

चितवन, १३ असोज ।
मुग्लिङ–नारायणगढ सडकखण्डमा सोमबार बिहान खसेको सानो पहिरो केही समयमै पन्छाइएपछि अहिले दुबै तर्फका सवारी साधन नियमित सञ्चालनमा आएका छन् । बिहान करिब सात बजे खसेको पहिरो सडक डिभिजन कार्यालय भरतपुरको टोलीले तत्काल सफाइ गरेपछि आवतजावत सहज भएको हो । कार्यालयले दशैंको भीडलाई मध्यनजर गर्दै चालकलाई लेन अनुशासन पालना गर्न र सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।

यसैबीच, कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ क्षेत्रमा भने सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ । लगातारको वर्षाका कारण कतिपय राजमार्गमा बाटो हिलो हुने तथा सामान्य अवरोध भइरहे पनि अन्य अधिकांश सडक सञ्चालनमा रहेको विभागले स्पष्ट पारेको छ । विभागका अनुसार देशका मुख्य राजमार्गमा अवरोध हटाउन आवश्यक उपकरण तयारी अवस्थामा राखिएको छ ।

दशैंको चापसँगै धेरै चालकले पर्याप्त आराम नगरी लामो समयसम्म सवारी सञ्चालन गरिरहेको पाइएकाले दुर्घटनाको जोखिम बढ्न सक्ने चेतावनी यातायात व्यवसायी राष्ट्रिय महासंघले दिएको छ । महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले चालकलाई पर्याप्त विश्राम लिएर मात्र यात्रा गर्न अनुरोध गरेका छन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme