सुस्ता, पश्चिम नवलपरासी ।
सुस्ता गाउँपालिका–२ सत्पत्तीमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, सुस्ता कार्य समितिको साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ।
कार्यक्रम सुस्ता कार्यसमितिका अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो। साे अधिवेशनबाट कृष्ण प्रसाद आचार्यकै अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ । नवगठित कार्यसमितिमा जसको उपाध्यक्षमा जमुना भूर्तेल, सचिव राम प्रसाद न्यौपाने, कोषाध्यक्ष देवी नेपाल, सह–सचिव रमा पन्थी, सह–कोषाध्यक्षमा ओम प्रकाश न्यौपाने रहनुभएकाे छ । यसैगरी कार्य समितिकाे सदस्यहरू क्रमश: नमुना ढकाल, दिलमाया थापा, ओमकला डुम्रे लगायत चयन हुनुभएको निर्वाचन मण्डलका संयाेजक तीर्थ सापकोटाले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले गाउँपालिकामा पहिलोपटक राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको कार्यक्रम तथा अधिवेशनकाे आयोजना भएकोमा खुसी व्यक्त गर्नुभयाे । अधिवेशनको सफलताको शुभकामना दिदै, उहाँले गाउँपालिकाको तर्फबाट भजनका लागि आवश्यक पर्ने नियमानुसार आवेदन गरेमा बाजागाजा सामग्री उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विशिष्ट जिल्ला अध्यक्ष तीर्थ सापकोटा, विशेष अतिथि निर्वाचन समिति सदस्य जिल्ला सचिव बसन्त रेग्मी, अतिथि जिल्ला कोषाध्यक्ष बल बहादुर थापा, बर्दघाट नगर भजन समितिकी अध्यक्ष धनुमाया तिवारी, सुस्ता कार्य समितिका सल्लाहकार बद्रीनाथ नेपाल, साथै सत्यदेवी आमा समूह, ब्राह्मण भजन समूह बनदेवीकाे अध्यक्ष सावित्रा दवाडी, दुर्गा पाञ्चायन भजन समूहकाे अध्यक्ष, मनकामना भजन समूहकाे अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।
उदघाटन सत्रमा जिल्ला सचिव कृष्ण प्रसाद सापकोटा, नगर भजन समिति बर्दघाटका सचिव पप्पु रेग्मी, नगर भजन समिति सुनवलका उपाध्यक्ष लोकेन्द्र तिवारी लगायतले अधिवेशनको सफलताको शुभकामना मन्तव्य
राख्नु भएको थियो। कार्यक्रमकाे स्वागत जमुना भुर्तेलले गर्नुभएको थियो भने कार्यक्रमकाे सञ्चालन सचिव राम प्रसाद न्याैपानेकाे रहेको थियो ।
कार्यक्रममा विभिन्न भजन समूहले भजन प्रस्तुत गरेका थिए ।















