-4.4 C
New York
Wednesday, February 25, 2026

Buy now

spot_img
spot_img

सुस्तामा फेरि भारतीय प्रहरीको दादागिरी, नेपाल प्रहरीको मौनताले स्थानीय त्रसित

- Advertisement -

बृजराज कुशवाहा ।

नवलपरासी — २०८२ साल पुस ११ गते दिउँसो करिब २ बजे भारतीय प्रहरी सरकारी गाडी र हतियार सहित नवलपरासी जिल्लाको सुस्ता गाउँमा पुनः प्रवेश गरेपछि स्थानीयवासीहरू आतंकित भएका छन्।

सीमापारी वाल्मीकिनगरस्थित भारतीय प्रहरी थाना अन्तर्गतका भारतीय प्रहरीहरू सशस्त्र अवस्थामा नेपाली भूमिमा प्रवेश गरेको यो घटना सुस्तावासीका लागि नयाँ भने होइन।

स्थानीयका अनुसार माथि रातो बत्ती र साइरन जडित सेतो रंगको बोलेरो गाडीमा एक महिला जवानसहित चार जना भारतीय प्रहरी, पूर्ण प्रहरी पोशाक र बन्दुकसहित सुस्ता गाउँ पुगेका थिए। उनीहरूले दुई जना स्थानीयको नाम लिएर उनीहरूको घर कहाँ हो भनी सोधपुछ गरेपछि गाउँभरि त्रास फैलिएको स्थानीय औरंगजेब खानले अनलाइन जनतालाई बताए।

खानका अनुसार स्थानीयले आपत्ति जनाउँदै विरोध जनाएपछि भारतीय प्रहरी तुरुन्तै फर्किएको थियो। भाग्दै गरेको प्रहरी गाडीको फोटो खिच्ने प्रयास गरिए पनि हतारो र डरको अवस्थामा नम्बर प्लेट स्पष्ट देखिन नसकेको उनले बताए।

बारम्बार दोहोरिँदै आएको हस्तक्षेप

सुस्ताका स्थानीयवासीहरूको गुनासो छ कि यो पहिलो घटना होइन। विगतमा पनि पटक–पटक भारतीय प्रहरी तथा हतियारसहितका वन अधिकृतहरू नेपाली गाउँ सुस्ता प्रवेश गर्ने, स्थानीयलाई धम्क्याउने र आतंक सिर्जना गर्ने घटना दोहोरिँदै आएका छन्। तर हरेकपटक नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रतिक्रिया कमजोर र उदासीन देखिने गरेको उनीहरूको आरोप छ।

स्थानीय प्रहरीसँग सोधपुछ गर्दा स्पष्ट जवाफ नआएको स्थानीयको भनाइ छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा डीएसपी बीरदत्त पन्तले भने, “भारतीय प्रहरी सुस्ता आएको खबर पाएपछि प्रहरी टोली पुगेको थियो, तर त्यहाँ भेट भएन।”

सीमामा गस्ती हुँदाहुँदै कसरी प्रवेश ?

गम्भीर प्रश्न भने यहीँ उठ्छ — सुस्ता पस्ने नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नियमित सीमा गस्ती रहने भनिए पनि भारतीय प्रहरी सरकारी गाडी र हतियारसहित कसरी नेपाली भूमिमा प्रवेश गर्न सफल भयो ?

स्थानीयहरूका अनुसार सीमामा दैनिक निगरानीमा बस्ने सुरक्षाकर्मीहरू ड्युटीमा नभएकै कारण भारतीय प्रहरी सहजै सुस्ता पसेको अनुमान गर्न सकिन्छ। यदि सुरक्षाकर्मी तैनाथ थिए भने पनि उनीहरूको निष्क्रियता झनै चिन्ताजनक भएको स्थानीयको भनाइ छ।

पहिल्यै नियन्त्रणमा लिइएको घटना, तर विवरण गायब

स्थानीयले स्मरण गराउँछन्— विगतमा भारतीय वन अधिकृतहरू हतियारसहित सुस्ता प्रवेश गर्दा स्थानीयले घेराबन्दी गरी नेपाल प्रहरीलाई बुझाएका थिए। त्यतिबेला गाडी नम्बर समेत पहिचान भएको थियो। तर आजसम्म ती अधिकारीहरूको नाम, परिचय र हतियारको विवरण सार्वजनिक गर्न नेपाल प्रहरी असफल भएको स्थानीयको आरोप छ।

झडप र मुद्दासम्म पुगेको विवाद

यस घटनापछि केही दिनमै भारतीय एसएसबी र सुस्तावासीबीच सीमाक्षेत्रको खेत जोत्ने विषयमा झडप समेत भएको थियो। सो घटनापछि सुस्ताका केही स्थानीयमाथि भारतमा मुद्दा चलाइएको छ, जसले स्थानीयमा थप भय र असुरक्षाको भावना पैदा गरेको छ।

पीडित सुस्तावासी, मौन राज्य संयन्त्र

उपरोक्त घटनाक्रमले सुस्तामा भारतीय प्रहरी तथा अधिकारीहरूको बलजफ्ती प्रवेश, स्थानीयमाथि आतंक र त्यसप्रति नेपाल प्रहरीको निरन्तर मौनता उजागर गरेको छ। सीमावर्ती नेपाली गाउँमा बारम्बार हुने यस्ता हस्तक्षेपले सुस्तावासी आफूलाई राज्यविहीन महसुस गर्न थालेका छन्।

स्थानीयको प्रश्न स्पष्ट छ — “कति पटक आतंक मच्चिएपछि मात्र राज्य सजग हुन्छ ?”
जबसम्म सीमामा प्रभावकारी सुरक्षा, जवाफदेही प्रहरी संयन्त्र र स्पष्ट कूटनीतिक पहल हुँदैन, तबसम्म सुस्तावासीको पीडा यथावत् रहने देखिन्छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme