-4.4 C
New York
Wednesday, February 25, 2026

Buy now

spot_img
spot_img

समानुपातिकतर्फ ३,२१३ उम्मेदवारको बन्दसूची सार्वजनिक

- Advertisement -

काठमाण्डाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेस गरेका समानुपातिक तर्फका ३ हजार २१३ जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम आज बन्दसूची सार्वजनिक गरिएको निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो। सार्वजनिक विवरणअनुसार ५७ निर्वाचन चिह्न अन्तर्गत ६३ राजनीतिक दलबाट पेस भएका उम्मेदवारहरूको नाम बन्दसूचीमा समावेश गरिएको छ।

बन्दसूचीमा समावेश कुनै उम्मेदवारको योग्यताबारे दाबी–विरोध गर्न चाहने मतदाताले यही माघ ५ गतेदेखि माघ १० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उजुरी दिन सक्ने आयोगले जनाएको छ।

निर्देशिकामा तोकिएको ढाँचामा दाबी–विरोधसम्बन्धी उजुरी दिन सकिने पनि प्रवक्ता भट्टराईले बताउनुभयो।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme