-4.4 C
New York
Wednesday, February 25, 2026

Buy now

spot_img
spot_img

सत्यवचन परम् ईश्वरीय मार्ग दर्शनको तेस्रो जिल्ला फेलोसिप तथा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न

- Advertisement -

बर्दघाट, पश्चिम नवलपरासी ।
सत्यवचन परम् ईश्वरीय मार्ग दर्शन (सामाजिक संस्था) जिल्ला शाखा कार्यालय बर्दघाट–२, चिसापानी, पश्चिम नवलपरासीको आयोजनामा तेस्रो जिल्ला फेलोसिप तथा व्यक्तित्व विकाससम्बन्धी एक दिने प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ।
विभिन्न जातजाति, भेषभुषा, रीतिरिवाज तथा संस्कृतिको संरक्षण र जगेर्ना गर्दै मानवलाई आवश्यक प्रवचनमार्फत आत्मिक वृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। सभ्य समाज निर्माणमा नागरिकको भूमिका र व्यक्तित्व विकासका विषयमा केन्द्रित कार्यक्रमले सहभागीहरूलाई सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष संगीता बि.क. ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन तेज कुमारी रोका (प्रतीक्षा) र अजय पुनले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि शम्भुलाल श्रेष्ठ, समाजसेवी विक्रम खनाल, समाजसेवी सिंधु जलेशा, वडा नं. २ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री तथा संस्थाकी प्रमुख वाचक राधिका आलेले आ–आफ्नो मन्तव्य राख्दै यस्ता कार्यक्रमले समाजमा नैतिकता, संस्कार र सकारात्मक सोचको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।
कार्यक्रममा विभिन्न जातजाति तथा संस्कृतिको झल्को दिने भेषभुषामा नृत्य प्रस्तुत गरी सांस्कृतिक विविधताको प्रदर्शन गरिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
संस्थाका जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी, विभिन्न क्षेत्रका व्यक्तित्व तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले समाजमा नैतिक मूल्य, संस्कार संरक्षण तथा व्यक्तित्व विकासमा टेवा पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme