-4.4 C
New York
Wednesday, February 25, 2026

Buy now

spot_img
spot_img

शिवरात्रि अवसरमा जिमिरेभारमा नगरस्तरीय भजन प्रतियोगिता सम्पन्न

- Advertisement -

बर्दघाट, ३ फागुन २०८२ ।
पश्चिम नवलपरासी, बर्दघाट । राष्ट्रिय लोक भजन चुड्का प्रतिष्ठान नेपाल नगर कार्य समिति बर्दघाटको आयोजनामा तथा त्रिनेत्रेश्वर धाम बर्दघाट–७ जिमिरेभारको सहयोगमा शिवरात्रि पर्वको अवसरमा नगरस्तरीय भजन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता  त्रिनेत्रेश्वर धामकाे
परिसरमा भव्य रूपमा आयोजना गरिएको हो।
कार्यक्रम समितिका अध्यक्ष धनमाया तिवारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले आफ्नो मन्तव्य राख्दै, हिन्दु धर्म र संस्कृतिमा विभिन्न विकृति तथा विसङ्गतिहरू देखिन थालेको उल्लेख गर्दै मौलिक कला, संस्कृति र परम्पराको संरक्षणका लागि युवा पुस्तालाई समेत सक्रिय रूपमा सहभागी गराई सिकाउने आवश्यकतामा जोड दिनुभयो।
कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्याय, पत्रकार सरोज धिताल, रेडियो दाउन्नेका स्टेसन म्यानेजर वि.पि. ढकाल, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समितिका अध्यक्ष तीर्थ सापकोटा, सचिव बसन्त रेग्मी, कोषाध्यक्ष बलबहादुर थापा, नगर कार्य समितिका निवर्तमान अध्यक्ष छविलाल भण्डारी, त्रिनेत्रेश्वर धामका निवर्तमान केन्द्रीय अध्यक्ष नवराज श्रेष्ठ, उद्योग वाणिज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपाने, धामका अध्यक्ष रामनारायण श्रेष्ठ, समाजसेवी प्रकाश रायमाझी, उत्पतेश्वर शिव भजन समूहका अध्यक्ष राम प्रसाद पाण्डे, समाजसेवी रिता शर्मा, धामका महासचिव उमा अधिकारी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा कुल ६ वटा भजन समूहले सहभागिता जनाएका थिए, जसमा एक बाल समूहको समेत सहभागिता रहेको माया रेग्मीले जानकारी दिनुभयो। सहभागी समूहहरूले मौलिक भजन प्रस्तुत गर्दै धार्मिक तथा सांस्कृतिक वातावरणलाई अझ सशक्त बनाएका थिए।
कार्यक्रमको स्वागत मन्तव्य बन्धुराज पौडेलले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव पप्पु रेग्मीले गर्नुभएको थियो।
शिवरात्रि पर्वको अवसरमा आयोजना गरिएको उक्त भजन प्रतियोगिताले स्थानीय कला, संस्कृति र भजन परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme