-4.4 C
New York
Wednesday, February 25, 2026

Buy now

spot_img
spot_img

राजनीतिक दल तथा उम्मेदवारहरूले घरदैलो कार्यक्रमलाई तीव्रता दिदै…..

- Advertisement -

बर्दघाट, ६ फागुन, २०८२ ।

पश्चिम नवलपरासी प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा औपचारिक रूपमा प्रचारप्रसार सुरु भएसँगै राजनीतिक दल तथा उम्मेदवारहरूले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्। निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले कार्यकर्तासहित व्यापक घरदैलो अभियान सञ्चालन गर्नुभएको छ।
घरदैलो कार्यक्रममार्फत उम्मेदवार चौधरीले मतदाताको घर–घरमा पुगेर आफू र पार्टीलाई मतदान गर्न अनुरोध गर्नुभएको थियो। साथै उहाँले मतदाताहरूका गुनासा, सुझाव र अपेक्षा सुन्नुका साथै यस क्षेत्रकाे विकास र समृद्धिका प्रतिबद्धता व्यक्त गर्नुभएको जनाइएको छ।
घरदैलो अभियानपछि आयोजित चुनावी सभामा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। मतदाताहरू उत्साहित देखिएको स्थानीय शुकबहादुर गुरूले जानकारी दिनुभयो। उहाँका अनुसार बर्दघाट नगरपालिकाका सबै वडामा घरदैलो कार्यक्रम सम्पन्न भइसकेको छ।
यसैगरी बर्दघाट नगर पालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका लगायत विभिन्न स्थानहरूमा पनि घरदैलो अभियान सञ्चालन गरिएको छ।
निर्वाचन नजिकिँदै जाँदा अन्य पार्टीका उम्मेदवारहरूले पनि जनतासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकतामा राख्दै प्रचार अभियानलाई थप सक्रिय बनाइरहेका छन्।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme