-4.4 C
New York
Wednesday, February 25, 2026

Buy now

spot_img
spot_img

´प्रथम बर्दघाट एक्सपो – २०८२` मा चित्रकला प्रतियोगिता सम्पन्न राजा मावि प्रथम

- Advertisement -

बर्दघाट, १९ माघ २०८२ । 
पश्चिम नवलपरास उद्योग व्यापार संघ बर्दघाटको आयोजनामा सञ्चालन भइरहेको ´´प्रथम बर्दघाट एक्सपो–२०८२“ अन्तर्गत नगरस्तरीय आधारभूत तहका विद्यालयहरूबीच चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
शैक्षिक क्रियाकलापलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नगरभित्रका १३ विद्यालयका १८ जना विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले सिर्जनात्मकता, समाज, संस्कृति र समसामयिक विषयवस्तुलाई चित्रमार्फत प्रस्तुत गरेका थिए।
प्रतियोगिताको नतिजा अनुसार राजामाहात्मा पूर्णभद्र माध्यमिक विद्यालयकी सदिक्षा भुलन प्रथम, एक्स आर्मी पब्लिक इङ्ग्लिस स्कूलकी सृष्टि डुम्रे द्वितीय र राजामाहात्मा पूर्णभद्र माविकै विप्शिका राना मगरले तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
कार्यक्रममा विजेता विद्यार्थीहरूलाई क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो। साथै प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा न्यू भिजन इङ्ग्लिस स्कूल, जनमुखी प्राथमिक विद्यालय, ओसिस मोडेल एकेडेमी, एक्स आर्मी पब्लिक स्कुल, स्टेप वाइ स्टेप, आइरिस एकेडेमी, दाउन्ने देवी मावि, होली केयर सेकेन्डरी, मनकामना सेकेन्डरी, आधारभूत विद्यालय, राजा मा.वि.लगायतका विद्यालयका 
विद्यार्थीहरूले भाग लिएका थिए ।
पुरस्कार वितरण कार्यक्रममा एक्सपो २०८२का अध्यक्ष राजु न्यौपाने, शिक्षा उपसमितिका संयोजक केशव बस्याल, उपसमिति सदस्य बलराम भण्डारी, सांस्कृतिक संयोजक मोहन सापकोटा, निर्णायक मण्डल, कलाकार, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनिय उपस्थिति रहेको थियो।
यस्ताे प्रतियोगिताले बालबालिकाको क्षमता, सिर्जनशिलता अभिवृद्धि गर्नुका साथै शैक्षिक र सामाजिक चेतनामा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme