-4.4 C
New York
Wednesday, February 25, 2026

Buy now

spot_img
spot_img

प्रथम बर्दघाट एक्सपोमा अटो रिक्सा व्यवसायीको साथ : भाडामा आकर्षक छुट दिने

- Advertisement -

बर्दघाट, माघ १० |
उद्योग व्यापार संघ बर्दघाट पश्चिम नवलपरासीले आयोजना गर्न लागेको ‘प्रथम बर्दघाट एक्सपो २०८२’ लाई सफल बनाउन नगरका अटो रिक्सा व्यवसायीहरूले उल्लेखनीय सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। एक्सपो आगामी माघ १३ गतेदेखि सञ्चालन हुँदैछ।
यसै सन्दर्भमा उद्योग व्यापार संघको सभाहलमा अटो रिक्सा व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा संघका अध्यक्ष राजु न्यौपाने प्रमुख अतिथि तथा एक्सोका सांस्कृतिक तथा गोष्ठी–सेमिनार संयोजक मोहन सापकोटा अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
अन्तरक्रिया कार्यक्रममा अटो रिक्सा व्यवसायीहरूले एक्सपो अवधिभर यात्रुहरूलाई भाडामा भारी छुट दिने निर्णय गरेका छन्। हाल न्यूनतम भाडा ३० रुपैयाँ लिइँदै आएकोमा मेला अवधिभर २५ रुपैयाँ मात्र लिने, सामान्यतया ५० रुपैयाँ लाग्ने दूरीका लागि ४० रुपैयाँ लिने तथा ७० रुपैयाँभन्दा बढी भाडा लाग्ने दूरीमा २० रुपैयाँसम्म छुट दिने प्रतिबद्धता जनाइएको छ।
संघका अध्यक्ष न्यौपानेले अटो रिक्सा व्यवसायीहरूको सहकार्यप्रति आभार व्यक्त गर्दै एक्सो अवधिभर पार्किङ र ट्राफिक व्यवस्थापनमा सहजीकरण गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
स्थानीय व्यापार प्रवर्द्धन, पर्यटन विकास र नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना हुन लागेको एक्सोमा विभिन्न व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम तथा जानकारीमूलक गतिविधि समावेश गरिने आयोजकले जनाएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme