-4.4 C
New York
Wednesday, February 25, 2026

Buy now

spot_img
spot_img

निर्वाचन मात्रै सबै समस्याको समाधान होइन : हृदयेश त्रिपाठी

- Advertisement -

बर्दघाट, ८ माघ २०८२ ।
जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष तथा नवलपरासी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार पूर्वमन्त्री हृदयेश त्रिपाठीले वर्तमान अवस्थामा निर्वाचन मात्र मुलुकका सबै समस्याको समाधान नभएको बताएका छन्।
बुधबार बर्दघाट प्रेस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचनले आंशिक समस्या मात्रै समाधान गर्ने उल्लेख गर्दै व्यापक भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु नै देशको प्रमुख आवश्यकता रहेको बताए।
“यो निर्वाचनबाट एउटा प्रतिनिधिसभा गठन हुनेछ तर यसले गुणात्मक परिवर्तन ल्याउन सक्दैन,” त्रिपाठीले भने।
उनले गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको घमण्ड र शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने लोभको परिणाम भएको आरोप लगाए।
“भ्रष्टाचारले देश थिलो–थिलो परेको छ। मुलुक परिवर्तनका लागि भ्रष्टाचार न्यूनीकरण पहिलो प्राथमिकता हुनुपर्छ,” भन्दै उनले जेन्जीले उठाउँदै आएका मागहरू आफूले लेखा समितिमा रहँदा लामो समयदेखि उठाउँदै आएको दाबी गरे। वर्तमान सरकारको मुख्य एजेन्डा चुनाव गराउनु भएकाले त्यसमा सरकारको दोष नरहेको उनको भनाइ थियो।
राजनीतिमा पुस्तान्तरण र नेतृत्व जेन्जी पुस्ताले गर्नुपर्छ भन्ने बहस बढिरहेका बेला पुरानै दल र अनुहारलाई जनताले किन विश्वास गर्ने भन्ने प्रश्नमा उनले आफू राजनीति सुरु गर्दा जेन्जी पुस्ताकै प्रतिनिधि भएको र अहिले पनि जेन्जीले उठाएका मुद्दामा दृढ रहेको बताए। संविधान घाइते अवस्थामा रहेकाले त्यसलाई जोगाउन अहिलेको निर्वाचन आवश्यक रहेको उनको तर्क थियो।
दोस्रो पटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीसँग प्रतिस्पर्धामा उत्रिएका त्रिपाठीले आफू चुनाव नलड्ने मनसायमा भए पनि बाध्यकारी अवस्थाका कारण उम्मेदवारी दिएको बताए।
“म चुनाव नलडे आर्थिक प्रलोभनमा परेको भन्ने चर्चा चल्छ, जसले मेरो छवि धुमिल हुन्छ। धर्मसंकटमा परेर उम्मेदवारी दिएको हुँ,” उनले भने।
निर्वाचित भए आफूले अघि सारेका अधुरा योजनाहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दै उनले काम गरेर देखाउने भएकाले अहिलेसम्म कुनै पनि निर्वाचनमा घोषणा पत्र नबनाएको दाबी गरे।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme