2.6 C
New York
Saturday, February 21, 2026

Buy now

spot_img
spot_img

जनताको सेवामा समर्पित भएर काम गर्नु आफ्नो कर्तव्य : हृदयेश त्रिपाठी

- Advertisement -

बर्दघाट, ९ फागुन २०८२
पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हृदयेश त्रिपाठी ले आफू “बोलेरभन्दा पनि काम गरेर देखाउने” नेता भएको बताउँदै जनताको सेवामा समर्पित भएर काम गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गर्नुभएको छ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट उम्मेदवारी दिनुभएका पूर्वमन्त्री त्रिपाठीले आफूले गरेको विकास निर्माणका कामको अनावश्यक प्रचार नगर्ने तर परिणाममार्फत जनतालाई देखाउने शैली अपनाउँदै आएको बताउनुभयो। “मैले गरेँ भनेर भन्नु मेरो स्वभाव होइन, काम गर्नु नै मेरो जिम्मेवारी हो,” उहाँले भन्नुभयो। उक्त कुरा उहाँले जनता अनलाइनसँगको कुराकानीका क्रममा बताउनुभएको हो।
त्रिपाठीले चिसापानीमा ट्रमा सेन्टर स्थापना लगायत विभिन्न पूर्वाधार विकासका काम आफूले पहल गरेर ल्याएको दाबी गर्नुभयो। स्वास्थ्य, शिक्षा, सडक तथा अन्य आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै निरन्तर काम गर्दै आएको पनि उहाँले स्पष्ट पार्नुभयो।
सो अवसरमा बोल्दै उहाँले क्षेत्र नम्बर १ का जनता सचेत र विवेकी रहेको उल्लेख गर्दै कसैको दबाबमा नपरी स्वतन्त्र रूपमा मतदान गर्न आग्रह गर्नुभयो। विकास र समृद्धिको यात्रामा साथ दिन अनुरोध गर्दै त्रिपाठीले आफूलाई पुनः एकपटक सेवा गर्ने अवसर दिन छाता चुनाव चिन्हमा मतदान गर्न अपिल गर्नुभयो।
उहाँले जनताको विश्वासलाई कहिल्यै धोका नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme