-7.3 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

८औं सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिता शुरु, नवलपरासी ११ विजयी ।

spot_img
spot_img

बर्दघाट, माघ २९ ।  पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर १६ सूर्यनगर रंगशालामा सोमबार देखी ८औं सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।नव युवा क्लब सूर्यनगरको आयोजना र बर्दघाट नगरपालिकाको सरंक्षकत्वमा सुरु भएको फुटवल प्रतियोगिताको सोमबार पहिलो दिनको खेलमा नवलपरासी ११ विजयी भएको छ ।

८औं सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिता २०८० को समुद्घाटन कार्यक्रम नव युवा क्लवका अध्यक्ष अमर बहादुर थापाको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भु लाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्धघाटन कार्यक्रममा बोल्दै, प्रमुख अतिथि श्रेष्ठले बर्दघाट नगरपालिकाले खेलाडीहरुको प्रोत्साहनकालागि सदैव सहयोग गर्ने बताउनुभयो ।

 नवलपरासी ११ र तनहु बिच भएको खेलमा प्रतियोगीता सुरु भएको ३ मिनेट मै तनहु का जर्सी नम्बर ११ का खेलाडी यामिले पहिलो गोल गर्न सफल भएका थिए । त्यसैगरी १० औं मिनेटमा नवलपरासी ११ कै खेलाडी जर्सी नम्बर १० का बिनोद केवटले गरेका थिए भने खेलको २७औ मिनेटमा  तनहु का खेलाडी जर्सी नम्बर १४ का अजित लामा र ३९ मिनेटमा  नवलपरासी ११ का जर्सी नम्बर १२ का अनिल ब्यम्बु ले गोल गरि बराबरी भएको थियो भने खेलको दोस्रो हाफको ३८औ मिनेटमा नवलपरासी ११ का जर्सी नम्बर ९ का जुनियर फोफोनाले गरेको तेस्रो गोल नै नवलपरासी ११ का लागि निर्णायक गोल बन्न पुगेको थियो । खेलमा २ का बिरुद्ध ३ गोल गरि नवलपरासी ११ बिजय भएको हो । पहिलो दिनको खेलमा नवलपरासी ११ का खेलाडी जर्सी नम्बर ५ का जय गुरुङ म्यान अफ द म्याच घोषित भएका छन् । दोस्रो दिन ९ मंगलवारको खेल नेपाल पुलिस क्लब र बार्सा नेपाल काठमाडौ बिच हुने खेल सम्योजक भरत गुरुङले जानकारी दिनुभयो । प्रजातन्त्र दिवसको अवसर पारि नव युवा क्लब बर्दघाट १६ सुर्यनगरले लुम्बिनी प्रदेशकै दोस्रो सर्वाधिक पुरस्कार राशिको ८ औ सस्करणको सुर्यनगर गोल्डकप माघ २९ गतेबाट सुरु भएको र फाल्गुन ७ गते समापन हुनेछ। खेलमा प्रथम हुने टिमले नगद ५ लाख र द्वितीय हुने टिमले रु ३ लाख सहित मेडल र प्रमाणपत्र  पुरस्कार पाउने छन । क्लबका उपाध्यक्ष पदम राज सापकोटाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रसान्त भुर्तेल र लक्ष्मि गुरुङले गर्नुभएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme