7.8 C
New York
Friday, January 23, 2026

Buy now

spot_img
spot_img

हवाई हमलामा हमासको वायुसेना प्रमुख मारिए : इजरायल

- Advertisement -

तेल अभिभ  । गए राति गरिएको हवाई आक्रमणमा हमासको वायुसेना प्रमुख मुराद अबु मुराद मारिएको इजराइली वायुसेनाले जनाएको छ । गाजापट्टीस्थित हमासको हवाई गतिविधि व्यवस्थापन गर्ने मुख्यालयलाई आक्रमणमा निसाना बनाइएको इजराइली वायुसेनाले उल्लेख गरेको छ ।

इजराइली वायुसेनाले मुराद अबु मुराद गएको शनिबारको नरसंहारमा आतंकवादीलाई निर्देशन दिन धेरै हदसम्म जिम्मेवार रहेको जनाएको छ । “साथै, पछिल्लो दिनमा वायुसेनाको लडाकु जेटहरूले हमास आतंकवादी संगठनको मुख्यालयमा आक्रमण गरे, जहाँबाट उक्त संगठनको हवाई गतिविधि व्यवस्थापन हुन्थ्यो,” सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै इजराइली वायुसेनाले भनेको छ, “शनिबारको घातक हमलामा आतंकवादीलाई निर्देशन दिनेमध्येका एक गाजा सहरमा हवाई सेनाका प्रमुख मुराद अबु मुराद पनि हवाई आक्रमणमा मारिएका छन् ।”

गत राति इजराइली वायुसेनाले हमास कमान्डो फौजसँग सम्बन्धित दर्जनौँ स्थानमा आक्रमण गरेको जनाइएको छ । इजराइली वायुसेना र इजराइली प्रतिरक्षा फौजले आक्रमणलाई जारी राखेको बताइएको छ । रासस/एएनआई

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme