संसारमा माता लक्ष्मीका धेरै मन्दिरहरू छन् तर एउटा यस्तो मन्दिर, जसलाई दक्षिण भारतको स्वर्ण मन्दिर भनिन्छ। स्वर्ण मन्दिर भनेको सुनले बनेको मन्दिर । संसारमा सुनले बनेका अरु मन्दिर पनि छन् । तर यो मन्दिर बनाउन १५ हजार किलाे सुन मात्र प्रयाेग भएकाे छ ।
स्वर्ण मन्दिरको नाम लिनासाथ मनमा यो विचार आउँछ कि मन्दिर निर्माण गर्दा सुन प्रयाेग गरिएकाे हाेला । जस्तै, अमृतसरको स्वर्ण मन्दिरमा ७ सय ५० किलोग्राम मात्र सुन प्रयोग गरिएको छ, जसबाट छाना बनाइएको छ ।
तर दक्षिण भारतकाे तमिलनाडुमा रहेकाे यो मन्दिर निर्माणमा १५ हजार किलो सुन प्रयोग भएको बताइएको छ । ४ सय कालीगढले ७ वर्षकाे कडा मिहिनेतपछि यो मन्दिर सन् २००७ मा निर्माण सम्पन्न भएपछि सर्वसाधारणकाे लाागि खुल्ला गरिएकाे छ ।
महालक्ष्मीको यो मन्दिर, जसलाई श्रीपुरम मन्दिर पनि भनिन्छ, तमिलनाडुको भेल्लोर जिल्लाको मलाइकोडीको हरियो पहाडमा अवस्थित छ। यती धेरै मात्रामा सुन सायद विश्वको अरु कुनै मन्दिरमा प्रयोग भएको छैन ।
सुनको चमकका कारण यो मन्दिर राति निकै सुन्दर देखिन्छ । यो मन्दिर निर्माणमा करिब ३०० करोड रुपैयाँ खर्च भएको बताइएको छ ।
१० एकड जग्गामा फैलिएको यो मन्दिर कुनै ठूला व्यापारी वा अर्बपतिले नभई दक्षिण भारतकी एक साधारण परिवारकी नारायणी अम्मा नामक सन्यासीले आफ्ना केही विदेशी भक्तजनहरू मिलेर बनाएका हुन् । जसको वास्तविक नाम सतीश कुमार हो।
मन्दिर तमिलनाडुको भेल्लोरको मलाइकोडीको हरियो पहाडहरूमा तिरुपुरम आध्यात्मिक पार्क भित्र अवस्थित छ। स्वर्ण मन्दिर तिरुपतिबाट १२० किमी, चेन्नईबाट १४५ किमी, पोन्डिचेरीबाट १६० किमी र बेंगलुरुबाट २०० किमी टाढा रहेकाे छ।
माता लक्ष्मी विराजमान रहेकाेयाे मन्दिर हरेक दिन बिहान ४ बजेदेखि ८ बजेसम्म विशेष पूजा गरी दर्शनार्थीका लागि खोलिने गरिन्छ । यो मन्दिर राति ८ बजेसम्म दर्शनार्थीका लागि खुला रहन्छ । यो मन्दिर भक्तजनहरुको आस्थाको केन्द्र हो ।
१५ हजार किलो सुनले बनेको यो मन्दिर कसले हेर्न नचाहने होला । समय मिलाई एक पटक भ्रमण गर्नुहोला ।