0.6 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

सुस्ता गाउँपालिका फिर्ता ल्याउन गण्डकीमा एमालेको संकल्प प्रस्ताव

spot_img
spot_img

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलले लुम्बिनीमा रहेको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा सार्न फागुन १६ गते संकल्प प्रस्ताव दर्ता गरेको छ । संविधानको अनुसूची–४ अनुसार हाल लुम्बिनी प्रदेशमा रहेको तर त्यसलाई गण्डकीमा फिर्ता ल्याउन भन्दै बुधबार गण्डकी प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएको हो ।

गण्डकीमा रहेको सुस्ता गाउँपालिका लुम्बिनीमा कसरी पर्‍यो, सुस्ता र विनयी त्रिवेणी गाउँपालिका तथा प्रदेशको सीमा परिवर्तन कहिले, कुन प्रक्रिया र कुन कानुनी व्यवस्था अनुसारको निर्णय भएको हो भन्ने प्रश्नसहित एमाले संसदीय दलका नेता खगराज अधिकारीले अध्ययन गर्न र यथाशीघ्र प्रदेशसभामा प्रस्तुत गर्न माग गरेका छन् । 

संविधानअनुसार सुस्ता गण्डकी प्रदेशको भूगोल भए पनि अहिले लुम्बिनीमा परेको छ । गण्डकीको प्रदेश विकास समस्या समाधान समितिको बैठकले पनि यसबारे निर्णय गरेर संघमा पठाएको थियो । तर, अहिलेसम्म कुनै जवाफ आएको छैन । अहिले संकल्प प्रस्ताव नै दर्ता गरेर आफ्नो भूमि फिर्ता ल्याउनुपर्ने माग एमालेले राखेको छ । 

उनले गण्डकी प्रदेशले गुमाएको भूगोल फिर्ता ल्याउन कानुनी प्रक्रिया अगाडि बढाउनको लागि प्रदेश सरकारलाई निर्देशन दिन संकल्प प्रस्ताव दर्ता गरेको बताए ।

२०७३ साल फागुन २७ गते खण्ड ६६ संख्या ५८ भाग ४ को नेपाल राजपत्रको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सूचनाअनुसार साविक त्रिवेणी सुस्ता गाविसका सबै वडालाई त्रिवेणीसुस्ता गाँउपालिकाको वडा नं. ५, ६ र ७ कायम गरेको थियो ।

संकल्प प्रस्तावमा भनिएको छ, “हाल कायम रहेको भौगोलिक तथा राजनीतिक विभाजनमा त्रिवेणीसुस्ता गाउँपालिकाको वडा नं. ६ र ७ (साविक त्रिवेणी सुस्ता गाविसको वडा नं. १–३ र ५–९) लाई विनयी गाउपालिकामा मिसाई हाल विनयी–त्रिवेणी गाउँपालिका कायम गरिएको तथा त्रिवेणी सुस्ता गाउँपालिकाकालाई उक्त पालिकाका बाँकी वडाहरू राखी सुस्ता गाउँपालिका कायम गरिएको देखिन्छ भने साविक त्रिवेणीसुस्ता गाविसको वडा नं. ४ लाई मात्रै सुस्ता गाउँपालिकामा राखि सुस्ता गाउँपालिका कायम गरी उक्त पालिकालाई लुम्बिनी प्रदेशमा राखेको देखिन्छ ।”

सुस्ता गाउँपालिका लुम्बिनी प्रदेशमा पारिएको विषय भने राजपत्रमा प्रकाशन नै नगरिएको अधिकारीले दर्ता गराएको संकल्प प्रस्तावमा भनिएको छ ।

“यसरी हालको भौगोलिक वर्गीकरण हेर्दा माथि उल्लेख गरिएका पालिकाका सीमा तथा वडा निर्धारणसम्बन्धी प्रतिवेदन भन्दा भिन्न हुने गरी विनयी–त्रिवेणी र सुस्ता गाउँपालिका कायम गरी विनयी–त्रिवेणी गाउँपालिकालाई गण्डकी प्रदेश र सुस्ता गाउँपालिकालाई लुम्बिनी प्रदेशमा कायम गरेको देखिन्छ । उपरोक्तअनुसार परिवर्तन गर्दा भएको निर्णय भने नेपाल राजपत्रमा देखिएन । साथै, प्रदेश सरकारको सीमा नै परिवर्तन भएको निर्णयको विषयमा गण्डकी प्रदेश सरकारसँग कुनै अभिलेख रहेको समेत देखिएन,” संकल्प प्रस्तावमा उल्लेख छ । 

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme