श्याम थापा, सुस्ता १३ भाद्र ।
भारतीय अर्धसेनिक बल एसएसबीले सुस्ताका दुईजना महिला कर्मचारीहरुलाई दुर्व्यवहार गरेकाे छ ।
ड्युटी सकेर घर फर्कने क्रममा भारतकाे चकदहवामा रहेकाे बिअाेपी का ईन्स्पेक्टर रबिन्द्र कुमारकाे नेतृत्वकाे एसएसबबीले अस्लिल गालीगलाैज गरेकाे सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खा ले बताउनु भयो ।
जनता दलित प्रा बि सुस्तामा अध्यापन गराउने शिक्षिका सालु पन्जियार र स्वास्थ्य चौकी इकाई सुस्ताका अनमी बिमला थापालाई भारतीय एसएसबीले भारतीय बाटाेमा राेकेर अभद्र व्यवहार गरेको शिक्षिका सालु पन्जियारले बताउनु भयो ।
सुस्तामा काम गर्ने कर्मचारी लगायत सुस्ताबासीहरुले भारत बिहारको चक्दहवाकाे बाटोको प्रयोग गरेर नेपाल तर्फ आउने जाने बाध्यता छ ।
आफ्नो बिद्यालयका शिक्षिका माथि दुव्र्यवहार भएको भन्दै दलित जनता प्रा बि का प्र अ उदय रुचाल मगर ले दुख प्रकट गर्नुको साथै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु भएको छ ।
त्यस्तै स्वास्थ्य चौकी इकाई सुस्ताका अनमीको माथि दुव्र्यवहार भएको भन्दै स्वास्थ्य शाखा कार्यालय कुडियाका प्रमुख ऋषिराज काफ्ले पनि दुख प्रकट गर्नु भएको छ ।