0 C
New York
Thursday, February 6, 2025

Buy now

spot_img
spot_img

सुनवलमा श्रीकृष्ण जन्माष्टमी

spot_img
spot_img

नवलपरासी। पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ४ को रमवापुरमा अवस्थित बिश्वको अग्लो दामोदर (दाबी ) श्रीकृष्णको मुर्ति रहेको श्रीकृष्ण धाममा आजदेखि ३ दिनको दिवसीय श्रीकृष्ण जन्माष्मी पुजाको समुदघाटन भएको छ ।

आजको आरम्भ कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य धुर्बबहादुर प्रधानले गर्नुभएको थियो । जेष्ठ नागरिक संरक्षण अक्षयकोष स्थापनाको आवश्यकता रहेको र आफ्नो धर्म सस्कृतिलाई जगेर्ना गर्नुका साथै संरक्षणमा सदा अग्रसर हुनुपर्छ भन्दै आफ्ना भनाइ व्यक्त संासद प्रधानले गर्नु भएको थियो ।

सुनवल सत्मार्ग बहुआयामिक समाज र श्रीकृष्ण धाम बिकास समितिओ सयुक्त आयोजनामा श्रीकृष्ण जन्माष्मीको पावन अवसरमा ” जेष्ठ नागरिक संरक्षण अक्षकोषको स्थापना ” गर्न ३ दिनको पुजा कार्यक्रममा नगरभित्रका विद्यालयका विद्यार्थीहरु, आमा समूह, महिला समूह लगायत अन्य समूह र आफ्नो परिचयात्मक बाजा र ब्यानरसहितको समुहको उपस्थितिमा कलश यात्राको आरम्भ, महाआरती, भजन कृतन, कृष्णलिला तीज प्रतियोगिता हुनुका साथै विविध सास्कृतिक कार्यक्रममा श्री कृष्ण प्रबचनको लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वाचिका सुरक्षा आचार्य ज्युबाट ३ दिन नै श्रद्धालु भक्तजनहरुलाई समुधुरवाणि गुन्जन गराउने आयोजकले जानकारी गराएका थिए ।

श्रीकृष्ण जन्माष्ठमी पुजा ब्यवस्थापनका मुल संयोजक मोहन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा महाकबि देबकोटा क्याम्पसको अध्यक्ष कृष्णप्रसाद लामिछाने, सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्यप्रसाद दुबे, लगायत धार्मिक ब्यक्तित्व र सामाजमा अग्रसर ब्यक्तित्वले मन्तव्य दिनु भएको कार्यक्रमको संचालक एवम पुजा ब्यवस्थापन समितिका महासचिब मुरली गौतमले गर्नु भएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme