सीमामा फायरिंग, एककाे ज्यान गयाे, प्रहरी सहित २ जना घाइते

405

वृजराज कुशवाहा, ५ जेष्ठ नवलपरासी ।

अपडेट…

नवलपरासीकाे दक्षिणी सिमामा सशस्त्र प्रहरीले चलाएकाे गाेली लागेर घाइते भएका २२ वर्षे अविनाश रायकाे ज्यान गएकाे छ ।

उपचारका लागि बुटवल लैजादै गर्दा बाटामै ज्यान गएकाे स्थानीय राेशन खवांसले बताए । शहीद स्मृति सामुदायिक अस्पताल चौपतामा प्राथमिक उपचार पश्चात रेफर गरिएपछि थप उपचारका लागि उनलाइ बुटवल सिटि अस्पताल लगिएकाे थियाे । उपचारका लागि भर्ना हुन नपाउदै चिकित्सकले मृत घाेषित गरेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाले बताए ।

प्रतापपुर गाउंपालिका वडा नं. ६ कठहवा घर भएका मृतक रायका भाइ भारतबाट घरतर्फ आउदै गर्दा सशस्त्र प्रहरीले उनलाइ सीमामा कुटिपट गरेकाे आराेप छ । सशस्त्र प्रहरीकाे कुटाइबाट घाइते भएका भाइ अभिषेक रायले दाजुलाइ फाेन गरी प्रहरिले मलाइ कुट्याे भनेपछि सहयाेगका लागि उनी घटनास्थल सुस्ता गाउंपालिका ५ बनकटी गाउं नजिकै पुगेका थिए । प्रहरीसंगकाे भनाभनमा प्रहरीले ताकेर गाेली चलाएकाे प्रत्यक्षदर्शीकाे भनाइ छ ।
प्रहरीसंगकाे झडपमा सहयाेग गर्न पुगेका ३० वर्षे विनाेद राय र सशस्त्र प्रहरीका सई शंकर बुढाथोकी घाइते भएका छन् । रायकाे हात भांचिएकाे छ भने बुढाथाेकीकाे टाउकोमा चोट लागेको छ ।
ड्युटीमा रहेका प्रहरी नशामा धुत रहेकाे प्रत्यक्षदर्शीकाे आराेप छ । हिजाे त्यस क्षेत्रमा भएकाे एक अर्काे समान्य तनावका कारण प्रहरी आक्राेसित बनेकाे थियाे । आक्राेसित बनेकाे प्रहरीले सीमामा आउनेजानेमाथि विहानैदेखि निगरानी बढाएकाे थियाे । मृतकका भाइ भारतबाट घरतर्फ आउदै गरेकाे बखत प्रहरीले उनलाइ कुटेपछि तनाव उत्पन्न भएकाे हाे। सहयाेगमा पुगेका स्थानीय र प्रहरीबीच झडप भएपछि प्रहरीले ६ राउण्ड गाेली चलाएकाे थियाे ।
कोभिड–१९ को जोखिम न्युनिकरणका लागि सीमामा खटिएकाे प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनु परेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए ।
घटनाका कारण सीमामा तनाव रहेकाे छ । सुरक्षाकाे दृष्टिकाेणले सशस्त्र प्रहरीले सीमामा तैनात गर्दै आएकाे प्रहरीकाे टाेली फिर्ता बाेलाएकाे छ । अस्थायी क्याम्प हटाउन थालिएकाे छ ।
घटना सीमामा ( नाे मेन्स लैण्ड नजिक भारतीय भूमिमा ) भएकाले भारतीय अर्धसैनिक बल एसएसबीका उत्तर प्रदेश गाेरखपुरका डिआइजी र कमाण्डेन्ट जस्ता सिनियर अफिसरहरू घटनास्थल पुगेर निरीक्षण गरेका छन् ।