साहित्यिक घुम्ती शृङ्खला सम्पन्न

16

 

बि.क / सरावल , १४ पुस

नवलपरासीको बर्दघाट नगरपालिका ४ बाढिपिडितमा अवस्थित नवजीवन मा.बि काे प्रांगणमा अाज २६ अाैँ मासिक साहित्यिक घुम्ती शृङ्खला कार्यक्रम सम्पन्न भएको छ।

साहित्यिक परिषद नवलपरासीको अायाेजनामा उक्त २६ अाैँ मासिक साहित्यिक घुम्ती शृङ्खला कार्यक्रम सम्पन्न भएको हाे।

साहित्यिक परिषद नवलपरासीको अध्यक्ष डा. श्याम न्याैपानेकाे अध्यक्षतामा भएको कार्यक्रममा रामहरि अधिकारी ,तिलक भट्टराई ,दुर्गा भुषाल,कपिलदेव पंगेनि,भबिश्वर पराजुली ,दिलिप शर्मा ,अर्जुन पाण्डे लगाएतले २ दर्जन भन्दा बढी स्रष्टाहरुले रतना बाचन गर्नुभएको थियाे। कार्यक्रमकाे सन्चालन कृष्ण पाैडेल समर्पणले गर्नुभएको थियाे।