बर्दघाट ८ फाल्गुन ।
दिब्य शक्ति आमा समूह बर्दघाट नगरपालिका वार्ड नम्बर २ पश्चिम नवलपरासीको सहयोगमा संचालित १० दिने साबुन सर्फ बनाउने तालिम मंगलवार चिसापानीमा सम्पन्न भएको छ ।
समूहका अध्यक्ष शान्ती पोखरेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति सदस्य धनिराम चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै, प्रमुख अतिथि चौधरीले आफुले तालिममा सिकेको सीपलाई ब्यवहारमा लागु गर्नु पर्ने बताउनुभयो ।
सो अवसरमा बर्दघाट २ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रि, कार्यपालिका सदस्य प्रेम भुजेल, बर्दघाट टेक्निकल ईन्स्टिच्युट प्रा. लि. का प्रवन्ध निर्देशक यशोदा पाण्डेय, निर्देशक पारस मणि पाण्डेय, जानकी पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो ।
बर्दघाट टेक्निकल ईन्स्टिच्युट प्रा. लि. बर्दघाट – ४ को सहजीकरणमा १० दिन सम्म सञ्चालन भएको तालिममा भेष बहादुर थापा र निरु पुनले प्रशिक्षण दिनु भएको थियोे । समूहको पूर्व सचिव पार्वती पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव अन्जु पौडेल (बस्नेत) ले गर्नु भएको थियो । उक्त तालिममा ३५ जनाको सहभागीता रहेको थियो ।