नवलपरासी माघ १७
नवलपरासी जिल्लाकाे प्रतापपुर गाउं पालिका अन्तर्गत रहेकाे श्री उद्धार महिला विकास कृषि सहकारी संस्था लिमिटेड गाेपीगञ्जकाे अायाेजनामा ५ दिने क्षमता अभिवृद्धि तथा उदघाेषण तालिम सञ्चालन गरिएकाे छ ।
माघ १७ गतेदेिख २१ गतेसम्मका लागि सञ्चालन गरिएकाे तालिमकाे उदघाटन सत्र संस्थाकी उपाध्यक्ष बिमला सुवेदी तथा प्रतापपुर गाउं पालिका उपाध्यक्ष अञ्जु चाैधरीकाे प्रमुख अातिथ्यतामा सञ्चालन गरिएकाे थियाे ।
तालिमकाे उदघाटन सत्रमा बाेल्दै वडा सदस्य जैबुन नेशाले व्यक्तिकाे पैसाले मात्र सम्भव छैन । व्यक्तित्व विकासका लागि हातमा सीप अावश्यक रहेकाे भन्दै सीप बिनाकाे मानिसकाे जीवन अधुराे हुन्छ भन्नुभयाे ।
प्रमुख अतिथी एवम प्रतापपुर गाउं पालिकाकाे उपाध्यक्ष अञ्जु चाैधरीले सभालाइ सम्बाेधन गर्नु हुदै मनभित्र रहेकाे डरकाे त्याग गरी म गर्नु सक्छुकाे भावनाले अगाडि बढ्न सके मानिस जे पनि गर्न सक्छ । यसै सिद्धान्तलाइ अपनाएर यस तालिमका सहभागीहरूले तालिममा पुर्ण समय दिइ सिक्ने प्रयास गर्नु भए दक्ष उदघाेषक बन्न सक्नु हुनेछ । यसका लागि तपाइहरू याेग्य प्रशिक्षक पाउनु भएकाे छ भन्नुभयाे ।
तालिमकाे उदघाटन सत्रमा अध्यक्षता गरिरहनु भएका संस्थाका उपाध्यक्ष बिमला सुवेदीले महिला सहकारीमा सबै सदस्य महिला भएकाे अवस्थामा सबैलाइ बाेल्ने कला सिकाइ क्षमताकाे विकास गराइ महिला सबैलाइ सक्षम बनाउने उद्देश्य लिएर यस तालिमकाे अायाेजना गरिएकाे बताउनु भयाे ।
तालिममा संस्थाका ३० जनाकाे सहभागिता रहेकाे छ । तालिममा पत्रकार वृजराज कुशवाहाले प्रशिक्षण दिइ रहनु भएकाे छ ।