संजय कुशवाहा / नवलपरासी
नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र प्रतापपुर गाउपालिकाकाे वडा नं. ६ झुलनिपुर नाकाबाट आज बिहान सशस्त्र प्रहरीले भारतबाट भित्र्याउदै गरेकाे ३ सय गोटा अर्थात ३६ सय मुल्य बराबरको कुखराकाे अण्डा नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ । अण्डा तस्करहरु फरार भएका छन ।
सक्रिय बन्दै गएकाे सशस्त्र प्रहरी चेकजाँचको आधारमा सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर बुढाथाेकीकाे नेतृत्वमा खटिएकाे गस्तीटाेलीले साे अण्डा आज बिहान नियन्त्रणमा लिन सफल भएकाे हाे ।
प्रहरीले चेकजाँच गर्ने क्रममा तस्करहरु अण्डा छोडेर भागेकाे प्रहरी निरिक्षक तेजबहादुर बुढाथाेकीले बताउनु भयाे। नियन्त्रणमा लिइएकाे साे अण्डा आज स्थानियबासिन्दा, पत्रकार, सुरक्षाकर्मी तथा महेशपुरका पशु क्वारेनटाईन चेक पाेस्टका अधिक्रित खडग बहादुर सिंहको राेहबरमा नष्ट गरिएकाे छ । जिल्लाकाे पकलिहवा, गुठिप्रसाैनी, बसहिया, भुजहवा, महेशपुर र गेर्मी लगायतका नाकाबाट भारतीय कुखुराकाे अण्डा नेपाल भित्रिदै आएकाे स्राेतकाे दाबी छ ।