सरावलमा किशोरीलाई आत्मरक्षा तालिम

36
बिज्ञापन

उमेश बि.क/सरावल, १२ फाल्गुन

बलात्कार, हत्याजस्ता जघन्य अपराधका शृंखला बढ्दै गएपछि सरावल गाउँपालिका ४ मा स्थित काेटहि दुर्गा मन्दिरको प्रांगणमा किशोरीहरुलाई ३ दिने आत्मरक्षासम्बन्धी तालिम सम्पन्न गरिएको छ ।

Advertisement

सरावल गाउँपालिकाकाे सहयाेगमा तथा परित्राण काठमाडौंकाे आयोजनामा बालिका चाैधरीकाे अध्यक्षता एवम् सरावल गाउँपालिका उपाध्यक्ष उतमा रायकाे प्रमुख अातिथ्यतामा तालिम सम्पन्न गरिएको हो । सरावल गाउँपालिका उपाध्यक्ष रायले पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएको बताउँदै तालिम अत्यन्त फलदायी भएको र किशोरी तथा महिलाहरु असुरक्षित भइरहेका बेला आत्मरक्षाको सीप सिक्न जरुरी रहेको उल्लेख गरिन ।

यसलाई अभियानकैरुपमा सन्चालन गरिनुपर्ने उनको भनाइ थियो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत झबिश्वर रेग्मी तालिमले महिलाहरुमा आत्मबल बढाउने विश्वास व्यक्त गरे । गाउँपालिकाले महिला हिंसा न्यूनीकरणमा गम्भीरतापूर्वक लागेको छ, उनले भने –‘हिंसा न्यूनीकरणमा सबैको सहकार्य आवश्यक छ ।’

सरावल गाउँपालिकाबाट सुरुआत गरिएको यो अभियानलाई नवलपरासीको सम्पूर्ण स्थानीय तहमा सन्चालन गरिने आयोजकको भनाइ छ । तालिममा वडा नं ४ वडा अध्यक्ष छाेटेलाल यादव, अन्तरपाटि महिला सन्जाल अध्यक्ष मिना चाैधरी, सरावल गाउँपालिका स्तरीय प्याब्सनकाे अध्यक्ष सुखाडी प्रसाद चौधरी, नेपाली कांग्रेस सरावल गाउपालिका संयाेजक बिनाेद पाण्डे, भाेजपुरी पत्रकार हकहित संरक्षण संस्था नवलपरासीकाे अध्यक्ष उमेश बि.क, रुपाैलिया स्वास्थ्य चाैकि इन्चार्ज अशोक पाण्डे, समाजसेवी जन्मेजय यादव, पबिशा भट्टराई, पुजा न्याैपाने लगायतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।

तालिमकाे प्रशिक्षण परित्राण काठमाडौंकाे निर्देशक उथव थापा मगर, अरमान पाण्डे, पुजा गुरुङले गर्नुभएको थियाे। तालिममा सरावल गाउँपालिका १ देखि ७ वडा का २८५ जना किशोरीहरुकाे सहभागिता रहेको थियो ।

Advertisement