25.7 C
New York
Saturday, September 14, 2024

Buy now

spot_img
spot_img

सरकार र शिक्षकहरूबीचको वार्ता शुरु

spot_img
spot_img

काठमाण्डाै – सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु भएको छ । गृह मन्त्रालयमा भइरहेकाे वार्तामा आन्दोलनरत शिक्षकहरूले राखेका मागका विषयमा छलफल थालिएको छ ।

अहिले शिक्षक–कर्मचारीले आफ्ना मागका विषयमा धारणा राखिरहेका र त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ ।

विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षकहरू गएकाे बुधवारदेखि आन्दोलनमा छन् । उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे माग राखेका छन् । आन्दोलनरत शिक्षकहरूले आन्दोलन र वार्तालाई सँगसँगै अघि बढाएका छन् ।

आज पनि देशका धेरैजसो सामुदायिक विद्यालय बन्द भएका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनका लागि काठमाण्डौ आएका छन् ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा रहेको सरकारी टोलीले  छलफल सकारात्मक भइरहेकाले आज सहमति हुन सक्ने जनाएको छ । यस्तै महासङ्घकी अध्यक्ष कमला तुलाधरले पनि आज सहमतिमा पुग्ने गरी वार्ता गर्ने बताउनुभयो । यसअघि हिजो बिहीवार पनि आन्दोनरत शिक्षकहरूसँग छलफल भएको थियो । उज्यालाे

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme