0.6 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

सरकारले किसानलाई उपेक्षित गरेको सराेकारवालाकाे भनाई

spot_img
spot_img

बर्दघाट, १८ पौष ।
सरकारले किसानलाई उपेक्षित गर्ने गरेको पश्चिम नवलपरासी जिल्ला बर्दघाट नगरका किसानहरुले गुनासो गरेका छन ।
बर्दघाट उद्योग वाणिज्य संघको आयोजना र बर्दघाट प्रेस क्लबको समन्वयमा आठौं बर्दघाट महोत्सवमा आयोजना गरिएको बर्दघाट नगर भित्रका कृषकका समस्या र चुनौति विषयक एकद्विवसीय अन्तरक्रिया कार्यक्रममा बोल्र्दै, नगरका किसानहरुले उक्त गुनासो गरेका हुन ।
बर्दघाटका किसानहरुको करिब ३ घण्टासम्म गुनासो सुनिरहेका बर्दघाट नगर पालिकाका सस्थापक नगर प्रमुख धीरज शर्मा वस्यालले बर्दघाटमा बजारीकरणको समस्या रहेको बताउदै, कृषकद्वारा उत्पादित वस्तुहरुको संकलन केन्द्र स्थापना गरि पालिकाहरुको समन्वयमा बजारीकरण गर्न सकिने धारणा राख्नुभयो । उहाँले कृषकहरूलाई सम्मान र कृषकको आयमा बृद्धि गराऊन सके कृषि पेशामा आर्कषण ल्याऊन सकिने बताउनुभयो ।
किसानहरुले कृषि पेशाका विभिन्न समस्याहरु समाधानकालागि स्थानीय, प्रदेश र संघ सरकारले उपेक्षा गरेको बताएका हुन । आचार्य पशुपंक्षि फर्मका सञ्चालक पदमपाणि आचार्यले दुधको विक्री पश्चात पनि रकम भुक्तानी नपाएको कारणले पशुपालनबाट किसानहरु पलाएन हुने अवस्था आएको उल्लेख गर्दै , स्थानीय सरकारले किसानलाई केन्द्रमा राखि नीति ल्याऊन नसकेको र  दुध उत्पादक किसानले पाउदै आएको अनुदानकाे रकम किन काटेको हाे भनि गुनासो गर्नुभयो ।
त्यस्तै सृजना कृषि फार्मका सञ्चालक कृष्ण प्रसाद चापागाइ, सापकोटा कृषि एण्ड पशु फर्मका सञ्चालक झविन्द्र सापकोटा र नमूना एकिकृत कृषि फर्मका सञ्चालक नमुना घिमिरेले बर्दघाट नगरले दिएको बर्शिम घाँसकाे विऊ राम्रो हुन्छ भन्दै खेतमा लगायौ ।  त्यो लगएकाे म्याद सकिएको नक्कली घाँसकाे वीऊ परेकाे रैछ उम्रिएन । उक्त वीउ खेतमा झारले उम्रिन दिएन। खेतभरी त्यहि झार छ । हाँमीले चाैपायालाई के खुवाऊने ? यस्को क्षतिपूर्ति हामिलाई कस्ले दिने ? भनि प्रश्न गर्दै, सोझा किसानलाई सबैले ठग्ने रहेछन भन्नुभयो ।  
हमाल पशुफर्मका सञ्चालक लक्ष्मण जंग हमाल, ढुङ्गाना फर्मका सञ्चाल खेम नारायण ढुङ्गाना र भट्टराई कृषि फर्मका सञ्चालक भवानी शंकर भट्टराईले कुनै पनि सरकारसंग कृषकको प्रष्ट तथ्यांक नभएको गुनासो गर्नुभयो । स्थानीय प्रदेश र संघ सरकारले हचुवाको भरमा कार्यक्रम ल्याऊने, अनुदानका सामाग्रिहरु वितरण गर्ने र त्यसको प्रतिफल नर्हेर्दा कृषि क्षेत्रमा गरिएको लगानी बालुवामा पानि सरह भएको धारणा राख्नुभयो ।
न्यौपाने कृर्षि फर्मका सञ्चालक तेजलाल न्यौपाने र कृषक सञ्जालका नगर अध्यक्ष देवि प्रसाद बस्यालले नगरले कृषकका समस्या सुन्ने तर समाधान तर्फ कहिल्यै ध्यान नदिने गरेको बताउनुभयो । नगरमा छलफल गर्न बोलाऊने, छलफल गर्ने, छलफलमा विऊ वितरण, मल, छाडा चौपाया व्यवस्थापन लगायतका विषयहरु धेरै पटक उठान भए तर अहिले सम्म पनि समस्याहरू जस्ताकाे तेस्तै छन । कति गुनासो गर्ने ? कसलाई र किन गर्ने ? किसानका समस्या कस्ले सुन्ने ? कार्यक्रममा रहुञ्जेल सुन्ने अनि उडाऊने । यस्तै गरेको बर्षौ भएकाे बताउनुभयो ।
दाऊन्ने मिश्रीत तरकारी बालीका अध्यक्ष सावित्री तिवारी, कृषक चन बहादुर गाहाले सरकारले किसानलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गरिरहेको बताऊनुभयो । नगरले पकेट क्षेत्र घोषणा गर्यो तर विऊ माग्दा छैन । मल छैन । सिँचाई छैन । मोटर छैन । केवल कृषकलाई भुलाऊने कृषिका कुरा मात्रै छन
राजेन्द्र सुनार, सुवास जि.सी., बलराम भण्डारी, नारायणदत्त घिमिरे, गिरिराज गिरी लगायतले बोल्दै, कृषि क्षेत्र पालिकाको प्राथमिकतामा नपेरेको बताऊनुभयो । सबैलाई पाल्ने कृषकले हो। कृषक नै उत्पादन गर्ने सवालमा सबै सरोकारवाला मौन छन । कृषि क्षेत्रमा लाग्ने युवा खै ? प्रश्न गर्दैैै भन्नुभयो, “कृषि लाई सम्मानित पेशा बनाई कृषक उत्पादनमा लाग्नुपर्छ, होईन भने नेपालीले विदेश गएर कृषि गर्ने तर स्वदेशमा कृषि नगर्ने परिस्थितिले प्रशय पाऊनेछ ।”भनी बताउनुभयो ।
बर्दघाट नगरपालिका वडा नं. ५ कि वडाअध्यक्ष विमला गुरुङ्ग, वडा नं.७ का वडाअध्यक्ष ध्रुव थारु, वडा नं.८का वडाअध्यक्ष कविराज आचार्य र नगरउपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले कृषि क्षेत्रका समस्या समाधानका लागि प्रयत्नशिल रहेको बताऊनुभयो । नगरमा बजारी करणको केहि समस्या रहेको उल्लेख गर्दै बन्द भएको कृषि उपजकेन्द्र कानूनी रुपमा आवश्यक व्यवस्था भएकोले सञ्चालनको तयारीमा रहेको उल्लेख गर्नुभयो । उपप्रमुख रुद्रप्रकाश उपाध्यायले घाँसको विऊ वितरणमा गल्ती भएको स्विकार गर्दैै टेण्डरको आधारमा कम मुल्यलाई स्विकृत गर्नु पर्ने, कम मुल्य राख्नेले नक्कली विऊ दिएकोले किसानहरु मर्कामा परेको बताऊनुभयो ।
नेपाली काङ्ग्रेस बर्दघाट नगर सभापति दामोदर जि.सि., नेकपा एमालेका नगर सचिब चोलाकान्त भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाश रायमाझी लगायतले बोल्दै नगरले कृषि नीति ल्याउनु पर्ने मा जोड दिनु भयो । कृषकहरुको वर्गीकरण, तथ्यांक संकलन र उत्पादनका आधारमा अनुदान र अनुदान दिएको सामाग्रीहरुको अनुगमनमा जोड दिनु भयो । नगरले पकेट क्षेत्र घोषणा मात्रै गर्ने तर वीउ बिजन, प्राबिधिक सरसल्लाह र सहयोग नगर्ने गर्दा किसानहरु पिडामा परेको उहाहरुको भनाइ रहेको थियो ।
सो अवसरमा बोल्दै  कार्यक्रमका अध्यक्ष समेत रहनु भएका मेला आयोजक समितिका सम्योजक एवं संघका अध्यक्ष लेखनाथ न्यौपानेले नीजि क्षेत्र  किसानका समस्यामा गम्भीर रहेको बताउदै, किसानहरुलाई तालिम लगाएत प्राबिधिक रुपमा सहयोग गर्न तयार रहेको बताउनु भयो।
कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक तारा प्रसाद गौतमले स्वागत मनतव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन बर्दघाट प्रेस क्लवका अध्यक्ष कुस्माकर ढकालले गर्नु भएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme