नन्दु यादव, चैत २३
नवलपरासी पश्चिम नवलपरासी काे सरावल गाउपालिका वडा न ७ बरगदवामा रहेकाे बर्दघाटे मन्दिरमा शनिवारदेखि सप्तचण्डी महायज्ञ सुरु भएकाे छ ।
महायज्ञ सन्चालनमा पहिलाे दिन कलशयात्रा निकालिएकाे छ । ३०१ कलश रहेकाे उक्त कार्यक्रममा भुजहवा, माेजरहिया, बरगदवा, पर्सा जगर्नाथपुर र सुरजपुरा लगायत गाउमा कलशयात्रा गरि सुरजपुराकाे गण्डक नहरमा जल भरेर पुन मन्दिरमा अाएर कलश यात्रा सम्पन्न भएकाे हाे ।
महायज्ञ ब्यवस्थापन समितिका अध्यक्ष जाेगिन्दर यादव काे अध्यक्षता तथा समाजसेवी नगेन्द्र अग्रहरीकाे प्रमुख अतिथतामा महायज्ञ उदघाटन गरिएकाे हाे । महायज्ञमा बाेल्दै प्रमुख अतिथि अग्रहरीले यस महायज्ञ ले हिन्दुहरु काे धर्मकाे रक्षा गर्ने बताउनु भयाे ।
हिन्दु धर्मावलम्बीहरुले मिलि हिन्दुधर्मलाई सरक्षण गर्नमा एकजुट हुनुपर्ने कुरामा जाेड दिनु भयाे । साथै महायज्ञ ले यस मन्दिरकाे सरक्षणका लागि ठाेस याेजनाका साथ अगाडि बढनुपर्ने बताउनु भयाे । उदघाटन कार्यक्रम मा सजय मिश्रा, अनेश यादव, बिद्यार्थी यादव, रबि यादव लगायतले बाेल्नुभएकाे थियाे ।
महायज्ञमा बिहान ८ बजे देखि १२ बजे सम्म प्रबचन दिउसाे २ बजे देखि ४ बजेसम्म सास्कृतिक कार्यक्रम र राति ८ बजे देखि रामलिला कार्यक्रम सन्चालन गरिने अायाेजक ले बताएकाे छ ।
महायज्ञमा पण्डित शुशिल अाचार्यले प्रबचन दिने बताईएकाे छ । कार्यक्रममा हजाराै नेपाल भारतका भक्त श्रद्धालुहरुकाे सहभागिता रहेकाे छ । महायज्ञ चैत ३० गते शनिवार समापन हुने जनाईएकाे छ ।