संसदमा ’जासूस’ पक्राउ परेपछि बेलायती प्रधानमन्त्रीले चिनियाँ प्रधानमन्त्रीसँग जी–२० मा चिन्ता व्यक्त

20

नयाँ दिल्ली । बेलायतको संसदमा चिनियाँ जासुस पक्राउ परेपछि नयाँ दिल्लीमा जारी जी–२० शिखर सम्मेलनमै बेलायती प्रधानमन्त्री ऋषि सुनकले चिनियाँ प्रधानमन्त्री संग चिन्ता व्यक्त गरेका छन् ।
बेलायतका प्रधानमन्त्री सुनकले आइतबार दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा अनौपचारिक छलफलका क्रममा चिनियाँ प्रधानमन्त्री ली छ्याङलाई बेलायतको संसदीय लोकतन्त्रमा चीनको “हस्तक्षेप“ बारे “महत्वपूर्ण चासो“ व्यक्त गर्दै चिन्ता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री सुनकको प्रवक्ताका अनुसार सुनकले शिखर सम्मेलनबाट प्रस्थान गर्नुभन्दा केही समयअघि ली छ्याङसँग भेट गरेका थिए ।