4 C
New York
Wednesday, November 12, 2025

Buy now

spot_img
spot_img

विपद्‌का बेला उद्धार उडानमा नेपाल वायुसेवा निगमद्वारा उच्च भाडा असुली, यात्रुहरूको असन्तोष

- Advertisement -

भैरहवा । विपद्‌का परिस्थितिमा अलपत्र यात्रुहरूको उद्धारका लागि नेपाल वायुसेवा निगमले उच्च भाडा असुली गर्दै चार्टर्ड उडान सञ्चालन गरेको छ। सोमबार साँझ निगमको विमानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १५४ यात्रु लिएर काठमाडौंका लागि उडान भरेको हो।

भारी वर्षाका कारण सडक यातायात अवरुद्ध भएपछि यात्रुलाई आइतबार राति नै पठाउने तयारी भए पनि आवश्यक तयारी नपुगेपछि उडान स्थगित गरिएको थियो। त्यसपछि सोमबार दिउँसो २:४५ बजे उडान हुने भनिए पनि करिब तीन घण्टा ढिलो मात्र विमान उडेको प्रहरी स्रोतले जानकारी दिएको छ।

निगमले काठमाडौं–भैरहवा मार्गमा ५ हजार र भैरहवा–काठमाडौं मार्गमा ७ हजार रुपैयाँ भाडा निर्धारण गरेको थियो। तर विपद्‌को अवस्थाका कारण घर फर्किन वा काठमाडौं पुग्न बाध्य भएका यात्रुबाट यति महँगो भाडा लिइनु उचित नभएको भन्दै केही यात्रुले असन्तोष जनाएका छन्।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोक राज पाण्डेका अनुसार राति नै काठमाडौं पुग्नुपर्ने बाध्यता भएका व्यक्ति, बिरामी, अध्ययन तथा रोजगारीका लागि विदेश जान टिकट लिइसकेका यात्री र पर्यटकहरूलाई प्राथमिकता दिइएको थियो। तथापि, उद्धारका समयमा समेत सात हजार रुपैयाँसम्म भाडा असुल्नुले सरकारी सेवाको औचित्यमाथि प्रश्न उठाएको यात्रुहरूले बताएका छन्।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme