विपदमा परेका बालबालिकालाई बाल मैत्री संरक्षण कक्षा संचालन

111
Exif_JPEG_420
रबिन्द्र यादव/ नवलपरासी

नवलपरासीको प्रतापपुर-६ कठहवा मुसहर बस्तीमा बाढीबाट विपदमा परेका बालबालिकाहरुका लागि बाल मैत्री बाल संरक्षण कक्षा शुक्रबार देखि सुरु भएको छ ।

विपदको बेला बालबालिका माथि हिंसा र दुर्ववहार , शोषण , बेवास्ता ,दुर्ववहारका शिकार, जीवन गुमाउने, राहत अापुर्तिमा अवरोध , सम्बन्ध विच्छेद, मनोविज्ञान, बाल श्रम, बालविवाह, बेच बिखन, कुपोषणको सिकार, कानुनी कागजात गुम्न सक्ने लगायतमा असर पुर्याउने भएकोले उक्त कक्षा संचालन गरिएको महिला तथा बालबालिका कार्यालय नवलपरासी कि प्रमुख उर्वरा लुइँटेलले बताइन् ।
यसैगरी लुइँटेलले विपदको बेला बालबालिका लाई मनोसमाजिक सेवा प्रवाह, न्याय प्रदान, बाल मैत्री स्थानहरुको व्यवस्थापन, सुचना व्यवस्थापन कार्यमा जोड दिइन् । उक्त मुसहर बस्तीमा यस बर्ष अाएको बाढिले ४५ घरधुरीका बासिन्दाले बाढीबाट प्रभावित भएका थिए ।
उक्त गाउँका ३ देखि १८ बर्षका ६५ बालबालिका लाई तीन महिना सम्म बाल मैत्री मनोसमाजिक सेवा प्रवाह गरिने छ । ती बालबालिकाहरुको लागि टेन्ट (कैम्प) गाडेर कक्षा संचालन भएको छ । बालबालिका लाई खेल्नका लागि फुटबल, भलिबल, बैडमिन्टल, डोरी, रिंग, लुडो, चेस, कार्टुन, सानो बल, लगायतका विभिन्न खेल सामग्री उपलब्ध गराइएको छ यसैगरी शुद्ध खानेपानीको जार, बाल्टी, हात धुने साबुन, नेल कटर गरि समान दिइएको छ ।
बाल संरक्षण कक्षा संचालन गर्न दुई जना सहजकर्ता खटाएको छ भने एक जना फिल्ड सुपरवाइजर रहेका छन । युनिसेफ को अार्थिक सहयोग , दियालो परिवार चितवनको अायोजना र महिला तथा बालबालिका कार्यालय नवलपरासीको समन्वयमा कक्षा संचालन भएको हो ।
महिला तथा बालबालिका कार्यालयले दिएको जानकारी अनुसार यसबर्ष अति बाढ प्रभावित केही गाउमा यसैगरि कक्षा संचालन गर्ने सम्बन्धित निकाय संग समन्वय भइरहेको बताएको छ संभवत  रामग्राम नगरपालिका, पाल्हिनन्दन, सरावल, सुस्ता गाउपालिकामाको केही गाउमा यस किसिमको मनोसमाजिक प्रवाह कक्षा संचालन हुने छ ।
युनिसेफ क्षेत्रीय कार्यालय भरतपुर चितवनका अनुसार हाल यसप्रकारको कक्षा २७ जिल्लामा संचालन भइसकेको छ जुन सबैभन्दा बढि कक्षा रौतहट जिल्ला हो जहा अहिले ८ ठाउमा संचालन छ ।