नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा न. १६ कुकुरमारा निवासी मोहमद अलि मियां दुबै खुट्टामा कृत्रिम खुट्टा पाएपछि अहिले खुसीले हर्षित हुनुभएको छ ।
७, ८ वर्ष अघि सवारी दुर्घटनामा परी दुवै खुट्टाको तल्लाे भाग गुमाउनु भएका मियांले अहिले चौधरी फाउण्डेसनको सहयोगमा बर्दघाट स्थित चिसापानी अस्पतालमा सीजी सबल केन्द्र ( कृत्रिम हात खुट्टा तयार गरी उपलब्ध गराउने परियोजना ) बाट निशुल्क रुपमा सेवा लिएपछि उहा अहिले सारै हर्ष विभोर हुनुहुन्छ ।
मैले यो सेवा लिन अन्यत्र जान पर्दा मलाई करिव २ देखी ३ लाख रुपैया खर्च हुनथ्यो मियांले भन्नुभयो, मैले निशुल्क रुपमा दुबै खुट्टामा कृत्रिम खुट्टा पाए जसले गर्दा मलाई अब डिडडुल गर्न कसैको सहारा लिनुपदैन् ।
मियां एउटा प्रतिनिधी पात्र मात्र हुनुहुन्छ । मिया जस्तै अन्य विरामीले पनि चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालको सहकार्यमा सेवा प्रारम्भ संगै चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निशुल्क पाउदै आएका छन् ।
यसैगरी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा न. १० भुव्हाचापी निवासी सुकुबा कुमालले समेत एउटा खुट्टामा कृत्रिम खुट्टा पाएपछि अहिले खुसी देखिनुहुन्छ ।
२०७८ सालमा सवारी दुर्घटनामा परी एउटा खुट्टाको घुडाभन्दा तलको भाग गुमाउनुभएका ५२ वर्षिय कुमालले निशुल्क रुपमा कृत्तिम खुट्टा पाएपछि आफुले हिडडुलमा थप सहजता भएको बताउनुहुन्छ ।
संघीय निर्वाचन पश्चिम नवलपरासी क्षेत्र न १ संघीय सांसद विनोद चौधरीले निर्वाचनको बेलामा चिसापानी अस्पताललाई चौतर्फी रुपमा बिकास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । चुनावी प्रतिबद्धता अनुसार संघीय सांसद चौधरीले चौधरी फाउण्डेसजनको सहकार्यमा चिसापानी अस्पतालमा सीजी सबल केन्द्र ( कृत्तिम हात खुट्टा तयार गरी उपलब्ध गराउने परियोजना ) संचालन साथै अस्पताल अस्पतालमा अन्य प्राविधीक उपकरण हस्तान्तरण गर्नुभएको छ ।
संघीय सांसद बिनोद चौधरी प्रमुख संरक्षक रहेको चौधरी फाउण्डेसनले लुम्बिनी प्रदेशमै पहिलो पटक चिसापानी अस्पतालमा सबल केन्द्र ( कृत्तिम हात खुट्टा तयार गरी उपलब्ध गराउने ) काम गर्न थालेपछि सेवाग्राहीहरु लाभान्वित हुन विश्वास लिईएको हो ।
सबल केन्द्रका फोकल पर्सन दिपक सिंह केसीले चिसापानी अस्पतालमा सबल केन्द्र स्थापना भएदेखी १ महिनाको अवधिमा चार जना बिरामीलाई कृत्रिम खुट्टा उपलब्ध गराई सकिएको जानकारी दिनुभयो ।
यता चिसापानी अस्पताल विकास समितीका अध्यक्ष ईन्द्र सापकोटाले चौधरी फाउण्डेसनको सहयोगमा बर्दघाट स्थित चिसापानी अस्पतालमा सीजी सबल केन्द्र ( कृत्रिम हात खुट्टा तयार गरी उपलब्ध गराउने परियोजना ) संचालन भएपछि विरामीहरुलाई ठुलो सहयोग पुगेकाे बताउनुभयो ।