नवलपरासी, कार्तिक २४ गते ।
लुम्बिनि भ्रमणमा गईरहेको स्कुल बस नवलपरासीको रामग्राम नगरपालिका १५ स्थित सुक्रौलीमा दुर्घटनामा परेको छ । ४७ जना घाईते भएका छन् ।
चितवनको भरतपुर महानगरपालिका वडा नं.६ स्थित देवज्योती निम्न माविको विद्यार्थि सवार रहेको ग १ ख ३१८९ नं काे बस अनियन्त्रित भई सडक छेउ खाल्डाेकाे पानीमा पल्टिन पुगेकाे हाे ।
स्थानीयले उद्धार गरेकाे खबर छ ।