संजय कुशवाहा /नवलपरासी असार ०१
नवलपरासीको सरावल गाउपालिका वडा न.३ वडा कार्यालयमा लागू पदार्थ एवं दुर्त्यसन विरूद्व दुई दिने अभिमूखिकरण कार्यक्रम आज देखि सुरू भएको छ ।
भोजपुरी पत्रकार हकहित संरक्षण संस्थाको आयोजना तथा सरावल गाउपालिका वडा न.३ वडा कार्यालयको सहयोगमा उक्त कार्यक्रम सुरू गरिएको हो ।उमेश विकको अध्यक्षता तथा सरावल गाउपालिका प्रमुख राधेश्याम चौधरीको प्रमुख अतित्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले कुलतमा फसेका कयौं मान्छे आफ्नो जीवन बर्बाद गरिरहेका छन साथै प्रत्येक ब्यक्ति आफ्नो छोराछोरी प्रति निगरानी राखनु जरुरी छ ।धुम्रपान,माध्धपान तथा लागुपदार्थको सेवन बाट टाढा रहनु पर्दछ चौधरीले बताउनु भयो।
कार्यक्रममा वडा न.३ का वडा अध्यक्ष अणेन्र्द राय , महेन्द्र मा.वि का शिक्षक सुरेन्द्र प्रसाद चौधरी ,रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डे ,ऐ.वि.सी नेपालका सहजकर्ता शाइदा निशा,समाजसेवी हरिलाल यादव ,लक्ष्मी हरिजन,जितेन्द्र गुप्ता ,देशबन्धु यादव लगायतहरूको उपस्थिति रहेको थियो ।