2.9 C
New York
Friday, January 16, 2026

Buy now

spot_img
spot_img

लागु औषध (ब्राउन सुगर) जस्तो पदार्थ सहित २ जना पक्राउ

- Advertisement -

नवलपरासी (पश्चिम) प्रहरीले लागु औषध (ब्राउन सुगर) जस्तो पदार्थ सहित २ जनालाइ पक्राउ गरेकाे छ ।

रामग्राम नगरपालिका वडा नं.१२ कसिया गाउँ स्थित परासी-भुमही सडकखण्डबाट कसियातर्फ जाने भित्री पक्की सडकखण्डबाट रामग्राम नगरपालिका वडा नं. १७ बस्ने वर्ष १९ को परिक्षित यादव र ऐ.ऐ. बस्ने वर्ष २२ को बिरु तेलीलाइ पक्राउ गरेकाे हाे ।

ति दुबै चढेका UP 56 AQ 1030 र UP 56 AC 8361 नं. को मोटरसाईकल रोकी शंकास्पद कारोवार गरिरहेको अवस्थामा प्रहरी टोलिले सोधपुछ गरी निजहरुको शरीर समेत खानतलासी गर्दा बिरु तेलीले लगाएको NIKE लेखिएको कालो ज्याकेटको बाँया गोजीमा लुकाई छिपाई राखेको कालो प्लाष्टिकको पोकोभित्र सेतो प्लाष्टिकमा राखेको ११ पुरिया खैरो रातो रङ भएको लागु औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारी तौल गर्दा प्लाष्टिक रहित नेट तौल १० ग्राम ८८० मिलिग्राम (दश ग्राम आठ सय असी मिलिग्राम ) लागु औषध ब्राउन सुगर जस्तो पदार्थ बरामद भएको हाे ।

निजहरुले चलाई ल्याएको माथि उल्लेखित मोटरसाईकल र निजहरुको साथबाट एक थान POCOM3 स्क्रिन टच मोबाईल थान-१ र MTR लेखेको किप्याड मोबाईल थान-१, समेत वरामद भएको छ । निजहरुको अदालतबाट दिन १० म्याद थप भई अनुसन्धान भइरहेको नवलपरासी प्रहरीले जनाएकाे छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme