पप्पु रेग्मी, बर्दघाट, २६ माघ ।
पश्चिम नवलपरासी जिल्लाको बर्दघाटमा रेयूकाई एईकाे मासुनागा आँखा उपचार अस्पतालकाे स्थापना गरिएको छ ।
युरेशिया रेयूकाईको २२औं शाखा बर्दघाट – ४ शान्ति नगरमा शनिबार एक कार्यक्रमका बिच रेयूकाई आँखा उपचार अस्पतालको उद्घघाटन भएको हो ।
रेयुकाई एईको माशुनागा आँखा अस्पताल काभ्रेका महासचिव हिरामणि शर्माको अध्यक्षता एवं बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सो उपचार केन्द्र उद्घघाटन गरिएको हो ।
यस क्षेत्रमा आँखा उपचार केन्द्र नहुँदा स्थानीयबासि अन्यन्त्र टाढा जानु पर्ने समस्या भएकाे हुदा, युरेशिया रेयूकाई २२ औं शाखा बर्दघाटको पहलमा यस आँखा उपचार केन्द्रकाे स्थापना गर्न सफल भएको र अस्पतालकाे स्थापना भए पछि आँखाको समस्या समाधान गर्न टाढा जान पर्ने बाध्यता हट्ने भए पछि स्थानीयबासि हर्षित भएकाे युरेशिया रेयूकाई २२ औं शाखा बर्दघाटका अध्यक्ष चेतनारायण पाण्डेले बताउनुभयो ।
यस सेवा केन्द्रले आँखा परीक्षण र सामान्य सर्जरीका लागि आवश्यक पर्ने उपकरण सहित केन्द्रमा एक वरिष्ठ नेत्र सहायक सहित २ जनाले सेवा दिने वरिष्ठ नेत्र सहायक डा.सीमा गैरेले जानकारी दिनुभयो । “आँखाको बाहिरी र भित्री परीक्षण देखि सामान्य घाउ खटिराको उपचार गर्नुका साथै आवश्यक पर्ने चस्मा, औषधि लगायतका सेवाको काम संचालन भएको छ।
उक्त कार्यक्रममा बर्दघाट – ४ का वडा अध्यक्ष वेदविना तिवारी, बर्दघाट – ५ का वडा अध्यक्ष बिमला गुरुङ, बर्दघाट नगरका स्वास्थ्य अधिकृत कृष्णहरि पौडेल, आँखा उपचार केन्द्रकी वरिष्ठ नेत्र साहयक डा . सिमा गैरे, सेवा फाउन्डेसनका शेखर भट्टराई, नगरका १६ वटै वडाका महिला स्वास्थ्य स्वयं सेवीका, स्थानीय लगाएतको उपस्थितिमा केन्द्रको समुद्घघाटन गरीएको थियो ।
आँखा उपचार केन्द्रकी बरिष्ठ नेत्र सहायक डा. सिमा गैरेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन युरेशिया रेयूकाई २२औ शाखाका महासचिव बिष्णु प्रसाद घिमिरेले गर्नु भएको थियो ।
रेयुकाईले याे आँखा उपचार केन्द्रको रुपमा ५ औ शाखा बर्दघाटबाट आफ्नो सेवा शुभारम्भ गरेको छ ।