रूपन्देहीकाे एक कृषि फर्ममा ५ जनाकाे हत्या

19

रूपन्देही, जेष्ठ २७,

रुपन्देहीकाे तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजार स्थित एक कृषि फर्ममा पाँच जनाको सामुहिक हत्या भएको छ ।

कान्छीबजारमा रहेको कृष्ण पुनको गाई फार्ममा काम गर्ने ६ जना मध्ये ५ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनापछि फार्ममा काम गर्ने झपेन्द्र सिंजाली फरार भएका छन् ।

घटनास्थलमा प्रहरी टोली पुगेको, अनुसन्धानका लागि एक जना पक्राउ परेकाे थप अनुसन्धान भैरहेको पनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मृत्यु हुनेमा १ महिला र ४ जना पुरूष रहेकाे बताइएकाे छ भने घटनाबारे थप विवरण आउन बाँकी छ ।