शितलहर एवम जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

34

उमेश बि.क नवलपरासी /पाैष १४, २०७४ ।

नवलपरासीको सुस्ता गाउँ पालिका १ स्थित राष्ट्रिय मा.बि छिबनीमा १ दिने शितलहर एवम जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ।

बिकल्प नवलपरासीकाे अायाेजना र युनाइटेड मिसन टु नेपालकाे सहयाेगमा शितलहर एवम जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम संचालन गरिएको हाे।

मिना बाल क्लबकि अध्यक्ष रन्जना राजभरकाे अध्यक्षतामा तथा रास्ट्रिय मा.बि छिबनिकाे प्र.अ माेती प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा १ दिने शितलहर एवम जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम अाज सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बाेल्दै रास्ट्रिय मा.बि छिबनीकाे प्र.अ चाैधरीले शितलहर वायुजन्य प्रकाेप हाे । याे बिशेष गरी केटाकेटी, बुढाबुढी, सुत्केरी, गर्भवती, अशक्त, अपाङ्ग, कमजोर स्वास्थ्य रहेका र विरामी मानिसलाई चिसाेले बढी असर गर्दछ। त्यसकारण शितलहर चल्नु अगाडि नै न्यानो कपडा, गेडागुडी जस्ता प्राेटिनयुक्त खाद्यान्न व्यवस्थापन मिलाउनुपर्छ र घर काेठा ताताे बनाउने प्रयाप्त ईन्धनकाे ब्यवस्थापन गर्नुपर्छ। साथै घर तथा गाेठ र खाेरमा चिसाे नपस्ने गरी राम्रोसँग बेरबार गर्ने र गाईवस्तुको लागि न्यानाे स्थानकाे ब्यवस्था गर्ने एवम् तरकारी र अन्य बालीलाई छाेपेर सुरक्षित राख्न समयमै प्लास्टिक, सुकेको पराल वा साेतरकाे बन्दाेबस्त मिलाउनु पर्छ ।

वन जंगल संरक्षण र बृक्षाराेपण गर्नुपर्छ । अनावश्यक उर्जाकाे खपत नगर्ने साथ साथै जलवायु परिवर्तन र शितलहरकाे बारेमा सुसूचित हुने र अाफुले जानेको कुरा परिवारमा जानकारी गराउने भन्ने कुरामा जाेड दिनु भएको थियोे । साे सचेतना कार्यक्रममा रास्ट्रिय मा.बि छिबनीका ७५ जना बिद्यार्थीहरुकाे सहभागीता रहेको थियो ।