पप्पु रेग्मी, बर्दघाट, १४ फागुन ।
राष्ट्रिय माध्यमिक विद्यालय माकर बेतहानी बर्दघाट वडा नम्वर ७ जिमिरेभारको ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सोमवार विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिखु ( कैलास ) थारुको अध्यक्षता तथा नेपाल प्रहरी श्रीमति संघको अध्यक्ष लक्ष्मी कँवरको प्रमुख आतिथ्यतामा उक्त समारोह सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेषकान्त पौडेलले विद्यालयको वार्षिक आय–ब्यय १ करोड ८० लाख ४४ हजार ९ सय १९ रुपैया ५९ पैसा बराबर रहेको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमति संघ भृकुटी मण्डप काठमाण्डौले विद्यालयका २ सय १० जना गरीव तथा जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको शिक्षक रुद्र प्रसाद सापकोटाले बताउनुभयो । वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।