सर्लाही, लालबन्दी ।
नेपाल कुशवाहा कल्याण समाज केन्द्रीय कार्यसमितिको आयोजनामा स्वर्गीय रामसखी महतोको सम्झनामा एक श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ।
लालबन्दी नगरपालिका–६ निवासी कुशवाहा समाजका सक्रिय सदस्य एवं नगर समितिका अध्यक्ष महेन्द्र महतोकी धर्मपत्नी रामसखी महतोको भएकाे असामयिक निधनमा समाजकाे केन्द्रिय कार्य समितिले साे श्रद्धाञ्जली सभा सम्पन्न गरेकाे हाे ।
श्रद्धाञ्जली सभामा केन्द्रीय कार्यसमितिका अध्यक्ष श्री राकेश कुमार मेहताको विशेष उपस्थितिमा स्व. रामसखी महतोको जीवनी, योगदान, र उनले समाजमा पुर्याएको महत्त्वपूर्ण याेगदानलाई स्मरण गरिएकाे थियाे ।
नेपाल कुशवाहा कल्याण समाजले शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेकाे छ ।
श्रद्धाञ्जली सभामा केन्द्रीय सल्लाहकार ई. रामेश्वर कुशवाहा, केन्द्रीय सचिव भरत महतो, केन्द्रीय सदस्यहरू भरत लाल महतो र सुशील कुशवाहा लगायत अन्य विशिष्ट व्यक्तित्वहरूले स्व. रामसखी महतोको योगदानलाई स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सर्लाही जिल्ला कार्यसमितिका जिल्ला अध्यक्ष लक्ष्मण महतो र सचिव वीरेन्द्र कुशवाहाको समेत उपस्थिति रहेको थियाे ।
कार्यक्रममा उपस्थित समाजका विभिन्न तह र तप्काका व्यक्तित्वहरूले शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेका थिए।