1.1 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

रामग्राम स्तुपबारे उठेकाे विवादकाे आपसी समझदारीबाट समाधान खाेजिने

spot_img
spot_img

नवलपरासी । भगवान गाैतम बुद्धकाे अस्थिधातु रहेकाे रामग्राम स्थलकाे नक्कली रामग्राम बनाइ भारतमा रहेकाे दावी गरिए पश्चात उठेकाे विवादकाे समाधान आपसी समझदारीबाट खाेजिने भएकाे छ ।

भारतले उत्तर प्रदेश महाराजगञ्ज जिल्लाकाे साेहगीबरवा स्थित जंगलकाे पश्चिमी क्षेत्रमा रामग्राम स्तुप रहेकाे दावी गरेकाे छ । याे दावी भारत सरकारकाे लाेगाे राखिएकाे उत्तर प्रदेश सरकार महाराजगञ्ज जिल्लाकाे जिल्ला अधिकारी (डीएम) काे कार्यालयकाे आधिकारिक वेबसाइट maharajganj.nic.in मा पर्यटक स्थलहरूकाे परिचय शिर्षकमा राखिएकाे छ । यसमा रामग्राम स्थलकाे संक्षिप्त चर्चा गरिएकाे छ । यस खबरले नेपाली जनमानसमा खैलाबैला पैदा गरेकाे छ ।

विभिन्न चरणमा प्रमाणित भैसकेकाे नवलपरासीकाे रामग्रामलाइ विवादमा ल्याउनु र रामग्राम स्थल भारतमा रहेकाे दावी गर्नुले चिंतित नवलपरासीवासीहरू ज्ञापन पत्र दिदै प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएका थिए तर भारतीय दावीमा हालसम्म कुनै परिवर्तन नदेखिएकाले समस्या ज्युं काे त्युं नै छ । बेलैमा समाधान नखाेजिए यसले सामाजिक द्वन्द्व निम्त्याउने आशंका व्यक्त गरिएकाे छ ।

नेपाली काँग्रेसका नेता एवम पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलले भारत उत्तरप्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथलाइ भेटेर यस विवादबारे छलफल गर्नुभएकाे छ । मुख्यमन्त्री याेगीले प्रथम चरणमा महाराजगञ्जका डीएमसित छलफल गर्न भनेका छन् । डीएम विदामा बसेकाले उनी कार्यालय फर्कने बितिकै छलफल गरि आपसी समझदारीबाट समाधान खाेजिने कण्डेलले बताएका छन् ।

नवलपरासीका जिल्ला समन्वय समिति प्रमुख भगाैती प्रसाद यादवले विवाद समाधानका लागि चाँडै महाराजगञ्ज डीएम कार्यालय पुगेर त्यहांका जिल्ला अधिकारीसित छलफल गर्ने र आपसी समझदारीबाट समस्याकाे समाधान खाेजिने बताएका छन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme