नवलपरासी । भगवान गाैतम बुद्धकाे अस्थिधातु रहेकाे उजैनी स्थित प्राचिन रामग्रामलाइ ओझेल पार्ने नियतले भारतले भगवान बुद्धकाे रामग्राम भारतमा रहेकाे दावी गरिएपछि नेपाली जनमानसमा उब्जेकाे आशंकाकाे समाधान भारतबाटै खाेजिने विचार अगाडि सारिएकाे छ ।
नेपाली काँग्रेसका नेता एवम पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलले भारतले नक्कली रामग्राम बनाएर भारतमा रहेकाे कुराकाे गरेकाे दावीकाे निराकरण भारतबाटै गराउनुपर्छ र यसका लागि आफु भारत उत्तरप्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथलाइ चाँडै भेटेर समाधानकाे पहल गर्ने बताउनु भएकाे छ ।
नवलपरासीका स्थानीयवासीले रामग्राम सम्बन्धी भारतीय खबरबारे व्यक्त गरेकाे चिन्ताकाे तत्काल सम्बाेधनका लागि पुर्व गृहराज्यमन्त्री कण्डेल भारत जाने र उत्तरप्रदेशका मुख्यमन्त्री याेगीसित छलफल गरि समाधान खाेज्नका लागि मिति समेत तय गरिसकेकाे बताउनुभएकाे छ । यसबारे छलफल गर्नका लागि कण्डेलले उत्तरप्रदेश मुख्यमन्त्री याेगीसित कार्तिक १७ गते भेटवार्ता गर्ने हुनुभएकाे छ ।
कण्डेलले भगवान गाैतम बुद्धकाे अस्थिधातु रहेकाे नवलपरासीकाे उजैनी स्थित प्राचिन रामग्राम विभिन्न चरणमा प्रमाणित भैसकेकाेले विवाद नै छैन । तर भारतले महराजगञ्ज जिल्लाकाे साेहगिबरवामा रामग्राम रहेकाे दावी गरेपछि नेपाली जनमानसमा उब्जेकाे आशंकाकाे तत्कालै समाधान खाेजिने बताउनु भएकाे हाे ।
विगत केही दिनदेखि रामग्राम स्तुपबारे उठेकाे विवादास्पद कुराकाे समाधान यथासक्य चांडाे खाेजिनुपर्ने कुरामा दबाव दिदै नागरिक समाज नवलपरासीले जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र पठाएकाे छ । त्यस्तै, रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाले स्तुपमै पत्रकार सम्मेलन गरि भारतले गरिरहेकाे दावी गलत र भ्रामक रहेकाेले सत्यलाइ उजागर गर्न माग गरेकाे छ ।
भारतकाे उत्तर प्रदेश सरकारकाे आधिकारिक वेबसाइट maharajganj.nic.in मा जिल्लामा रहेका पर्यटक स्थलहरूकाे परिचय शिर्षकमा रामग्रामकाे चर्चा गरिएकाे छ र साे रामग्राम महराजगञ्ज जिल्लाकाे साेहगिबरवा भन्ने स्थानमा जंगलकाे पश्चिमी क्षेत्रमा अवस्थित रहेकाे वर्णन गरिएकाे खबर सामाजिक सञ्जालबाट बाहिरिएपछि नेपाली जनमानसमा तरंग पैदा गरेकाे हाे । साे भ्रमपुर्ण समाचार वेबसाइटबाट हटाउनका लागि नेपाल सरकारले भारतसित कुटनीतिक पहल गरिदिन माग समेत उठेकाे छ ।
नवलपरासी र भारतकाे महराजगञ्ज जिल्ला एक आपसमा सीमावर्ती जिल्ला भएकाे हुनाले नवलपरासीका प्रमुख जिल्ला अधिकारीले महराजगञ्जका जिल्ला अधिकारी (डीएम ) सित कुराकानी गरि निकास खाेज्नुपर्ने हाे तर त्यसाे हुन सकेकाे छैन ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले अनलाइन जनतासित कुरा गर्दै भने, मैले भारतीय अधिकारी (काउन्टर पार्ट) सित कुरा गरेर कुनै निष्कर्ष निस्किदैन । भारतले ओैपचारिक रूपमा वेबसाइटमा राखेकाे कुरा मैले भन्दैमा हटाउंछ भन्ने छैन । र भारतीय अधिकारीसित कुरा गर्नका लागि पनि मैले मन्त्रालयसित अनुमति लिनुपर्ने हुन्छ, भन्नुभयाे ।