आलमको अध्यक्षतामा २६ सदस्यिय नयाँ नेतृत्व चयन
बुटवल, जेठ १३÷राष्ट्रिय जनमोर्चा रुपन्देहीको पाँचौं जिल्ला सम्मेलन नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बुटवलमा जेठ ११ र १२ गतेसम्म चलेको सम्मेलनले बद्रे आलमको अध्यक्षतामा १७ पुर्ण, ४ बैकल्पिक र ५ सल्लाहकार सहित २६ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा इन्द्रीरा ज्ञावली, सचिवमा दिपक पौडेल, सह सचिवमा रुकबहादुर पराजुली, कोषाध्यक्षमा टानबहादुर केसी चयन हुनु भएको सो पार्टीले जनाएको छ । त्यसैगरि सदस्यहरुमा भानु केसी, खड्क जिसी, केपी पोख्रेल, बिशाल पौडेल, हरि केसी, लक्ष्मी योगी, लालबहादुर क्षेत्री, लिलाराम खनाल, हरि राहाडी, नेत्र आचार्य, शेरबहादुर आचार्य र एक स्थान रिक्त राखिएको छ । बैकल्पिक सदस्यमा बिन्दु बहादुर कुँवर, यमबहादुर थापा, रनमाया परियार र एक स्थान रिक्त राखिएको नव निर्वाचित सचिव दिपक पौडेललले बताउनु भयो । सम्मेलनले नै सल्लाहकारमा कृष्णबम मल्ल, ईन्दल केवट, कपिल पौडेल, पदम श्रेष्ठ र पुरुषोत्तम कडेल चयन गरेको छ ।
शनिवारको बन्द सत्रमा आर्थिक, राजनीतिक, सांगठानिक प्रतिवेदन माथि छलफल गरी नयां नेतृत्व चयन गर्ने कार्य भएको थियो । सम्मेलनको बन्दसत्रमा जिल्लाका सबै नगर तथा गाउपालिकाबाट गरि करिव २ सय प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागिता रहेको थियो ।
संविधान कार्यान्वयन र संघीयता खारेजीको निम्ती हाम्रो अभियान, राष्ट्रियता र जनतन्त्रको पक्षमा पांचौ सम्मेलन भन्ने नाराका साथ राष्ट्रिय जनमोर्चा रुपन्देहीको पांचौ जिल्ला सम्मेलन शुक्रबारदेखि बुटवलमा सुरु भएको थियो । दुई दिनसम्म चलेको सम्मेलनले नयां नेतृन्व चयन गर्दै सम्पन्न भएको छ । सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भव्य समारोहकावीच उदघाटन गर्नुभएको थियो । साभारः गर्जनपाेष्ट