संजय कुशवाहा, नवलपरासी बैशाख २१ ।
नवलपरासीको प्रतापपुर गाउँपालिकाले अहिलेसम्म ९० प्रतिशत योजनाहरु सम्झौता गरेको छ । गाउँपालिकाले वडा तथा गाउँपालिका स्तरमा करिब ८५ प्रतिशत योजनाहरु उपभोक्तासंग मात्र सम्झौता गरेको छ भने उपभोक्ता नआएकाले अरु योजनाहरु टेण्डर प्रक्रियमा ल्याइ धमाधम सम्झौता भैरहेको गाउँपालिका योजना शाखा प्रमुख राजेन्द्र प्रसाद चौधरीले जानकारी दिए ।
आर्थिक वर्ष २०७४ र ०७५ को ९० प्रतिशत विकास निर्माणका योजनाहरु सम्झौता पुरा भएको छ तर यसरी गाउँपालिका योजना सम्झौता गरे पनि सबै योजनाहरु असार मसान्त भित्रै सम्पन्न गर्न गार्हो हुने देखिएको स्थानीयहरूले बताएका छन ।
उपभोक्ताको ढिलो काम कार्वाहीले वडाको विकास निर्माणका बजेट फ्रिज हुने संकेत समेत देखिएको स्थानिय बताउछन् । गाउँपालिकाले योजना सम्झौता गरिरहदा केहि योजनाहरुको कार्य सम्पन्न भई फर्छयाैट पनि गरेको जनाएको छ ।
गाउँपालिकाले योजना सम्झौता भई सकेपछि वाडाहरूको काम ढिलो हुनुको कारण रोडहरुको नयाँ मापदण्ड निर्धारण नभएकाले, केही वडाहरूमा स्थानीय द्वारा रोड अतिक्रमण भएपछि रोड छुट्टाउनुमा योजना सम्झौताहरुको काममा ढिलाई भएको गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले बताए ।