नवलपरासीमा पुष २१ गते बिहान १:५० बजे भएकाे माेटरसाइकल दुर्घटनामा एक युवककाे ज्यान गएकाे छ ।
जिल्लाकाे सुनवल नगरपालिकाकाे वडा नं. २ बत्रौली स्थित सुनवल परासी भित्री सडक खण्डमा परासीबाट सुनवल तर्फ आउदै गरेको मो.सा. आफै अनियन्त्रित भई भएकाे दुर्घटनामा माेटरसाइकल चालक वर्ष १८ को दिप प्रजापतिकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार सोही दिशा तर्फ बिग्री (टायर पन्चर) रोकी राखेको ईन्जिन बिनाको उखु लोड भएको ट्याक्टरको ट्रालीमा ठक्कर खान जांदा लु ९८ प १७५३ नं. को मो.सा. चालक जिल्ला नवलपरासी रामग्राम न.पा. ५ बस्ने वर्ष अं. १८ को दिप प्रजापति र सोही मो.सा. पछाडी सवार साेही ठाउं बस्ने वर्ष अं. १९ को सुरज सहानीको दुबै खुट्टामा चोट लागेकाे र अवस्था मध्यम रहेकाे छ ।
घटनाकाे खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिगई घाईतेहरुलाई उपचारको लागी भैरहवा मेडिकल कलेज रुपन्देही पठाईएकोमा ०३:०० बजे भैरहवा मेडिकल कलेज रुपन्देहीमा पुगी डाक्टरले प्रजापतिलाइ मृत्यु घोषणा गरेको र शव पोष्टमार्टम पश्चात् आफन्तले बुझि लगेको बताइएकाे छ ।
घाइते सहानीकाे भैरहवा मेडिकल कलेजमा उपचार हुदै अवस्था केही सुधार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताए ।