-1 C
New York
Saturday, February 14, 2026

Buy now

spot_img
spot_img

मिटरब्याज पीडितका अध्यक्ष कुशवाहा बालुवाटारबाट पक्राउ

- Advertisement -

काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ । उनी मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत हुन् ।

बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बालुवाटर वरपर प्रदर्शन गर्ने ४ महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको बताए ।

उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ । संघर्ष समितिका प्रवक्ता नीर्घ नवीनका अनुसार, प्रहरीले पीडितलाई भृकुटीमण्डपबाट बुधबार निस्किन समेत रोक लगाएको थियो । ‘हामीलाई निस्किन नदिएपछि उहाँहरुको नेतृत्वमा गएको टोलीले छुट्टै प्रदर्शन गर्ने भन्ने थियो’, उनले भने, ‘तर, प्रहरीले प्रदर्शन गर्नुअघि नै पक्राउ गर्यो ।’

मिटरब्याज पीडितले अध्यक्ष कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेको थियो । तर, हालसम्म पटकपटक भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो । अहिले सत्ता समीकरण फेरिएको अवस्थामा गृह मन्त्रालयमा राजनीतिक नेतृत्व रिक्त हुँदा वार्ता थप अनिश्चित बनेको छ ।

मन्त्रालयबाट सरकारी वार्ता टोलीको नेतृत्व शान्ति सुरक्षा महाशाखका प्रमुख सहसचिव नारायणप्रसाद भट्टराईले गरेका छन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme