-0.9 C
New York
Sunday, December 1, 2024

Buy now

spot_img
spot_img

मासु पसलमा अनुगमन गरियो

spot_img
spot_img

पप्पु रेग्मी, बर्दघाट, १८ असाेज ।
पश्चिम नवलपरासी जिल्लाकाे स्थानीय बजारमा रहेको मासु पसलहरूमा अनुगमन गरिएको छ ।
विशेषगरि चाड पर्वकाे समयमा मासु पसलहरूमा अस्वस्थ्यकर मासु बिक्री वितरण हुन सक्ने सम्भावना रहने हुदा, सदरमुकाम परासी र सुनवलका मासु पसलहरूमा अनुगमन गरिएकाे भेट्नरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख श्रवाण कुमार चाैधरीले बताउनुभयो ।
अनुगमनको क्रममा अधिकांस मासु पसलमा मुल्य सुची नराखेको र पसलमा खासै सरसफाईमा ध्यान नपुर्याईएकाे अनुगमनकाे क्रममा पाईएकाे केन्द्रका प्रमुख चाैधरीले बताउनुभयाे ।
अनुगमनकाे क्रममा सदरमुकाम परासी बजारका कुखुरा मासु पसलमा अव्यवस्थित तरिकाले बिक्री भैरहेको र मासु पसलहरूका संचालकहरूलाई स्वस्थ्य कुखुराकाे मासु राख्न सुझाव दिदै, बिशेष गरि सरसफाइमा पनि ध्यान दिनु पर्ने र अव्यवस्थित लाई व्यवस्थित तरिकाले व्यवसाय संचालन गर्न अनुगमन टोलीले व्यवसायीहरूलाई निर्देशन गरेको छ । मासु पसलमा मासु भने स्वास्थ्यकर पाईएकाे पशु राेग अन्वेशण प्रयाेगशालाका डा. भरत काफ्लेले बताउनुभयाे ।
जिल्लाकाे सदरमुकाम परासी बजारमा १४ वटा र सुनवल नगरपालिकाकाे भुमही बजारमा २ वटा पसल गरि १६ वटा मासु पसलमा अनुगमन गरिएकाे हाे ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख श्रवाण कुमार चाैधरीकाे नेतृत्वमा भएकाे अनुगमनकाे क्रममा राेग अन्वेशण प्रयाेगशाला डा. भरत काफ्ले, पशु क्वारेन्टाइन चेक पाेष्ट महेशपुरका डा. मनाेज अधिकारी, जिल्ला प्रशासन कार्यालय नवलपरासीकाे सुब्बा अस्मिता खाती, रामग्राम नगरपालिकाकाे पशु चित्सिक डा. सुमित सिह, प्रंहरी सहायक निरीक्षक शेर बहादुर थापा मगर, घरेलु तथा साना उद्योग कार्यालय परासीका मनाेज चाैधरी, पत्रकार , प्रहरी लगायतको सहभागीता रहेकाे थियाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme