माओवादी र एमाले बीच चुनावी तालमेल, औपचारिक घोषणा बेलुका ५ बजे

37
न्युज डेस्क, असोज १७ नवलपरासी ।
वर्तमान सरकारको सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एमाले बीचको पार्टी एकता र चुनावी तालमेल हुदैछ । यसबारे मंगलबार अपरान्ह ५ बजे राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरि जानकारी दिने बताईएको छ ।
ललितपुरस्थित व्यापारी शारदा अधिकारीको निवासमा भएको दुईपार्टीको शिर्षतहको बैठकले नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल र पार्टी एकताले अन्तिम स्वरुप पाएको हाे । वाम एकता र चुनावी तालमेलको टुंगो लगाउदै पत्रकार सम्मेलन गरि विस्तृत जानकारी गराउने निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले पार्टी एकताका लागि पार्टी संयोजन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
 शिर्षस्थ तहको बैठकमा एमालेबाट अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, वरिष्ठ नेता माधव कुमार नेपाल, महासचिव ईश्वर पोख्रेल सहभागी हुनुहुन्थ्यो । त्यसैगरी माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता श्रेष्ठ र राम बहादुर थापा बदल सहभागी हुनुहुन्थ्यो ।
केही महिनायता पार्टी एकिकरणको विषय शिर्षस्थ तहमा दुईपक्षीय छलफल हुदै आएको थियो । सो छलफलले अहिले सार्थकता पाएको हो ।